Skip This
मधेस आन्दोलनमा थुनामा परेकाहरूलाई कारागार पुगेर भेटे रेशमले
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १४ आइतबार
  • Saturday, 27 July, 2024
२o८o श्रावण १४ आइतबार १८:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मधेस आन्दोलनमा थुनामा परेकाहरूलाई कारागार पुगेर भेटे रेशमले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण १४ आइतबार १८:१६:oo

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले मधेस आन्दोलनका क्रममा थुनामा परेकाहरूलाई भेटेका छन्। सशस्त्र प्रहरीका असइ थमन विकको हत्या आरोपमा थुनामा परेकाहरूलाई जलेश्वर कारागार पुगेर उनले भेटेका हुन्।

जलेश्वर नगरपालिका– २ स्थित जलेश्वर कारागारमा विगत ८ वर्षभन्दा बढी समयदेखि पुर्पक्षका लागि थुनामा रहेकाहरूलाई भेटेर चौधरीले उनीहरूको गुनासो सुने। भेटघाटपश्चात् थुनामा रहेकाहरूको परिवारसँग कुरा गर्दै उनले छिटोभन्दा छिटो मुद्दाको पेसी गराउने आश्वासन दिए।

मधेस आन्दोलनका क्रममा जलेश्वर कारागारमा जलेश्वर नगरपालिका– १ निवासी प्रदीप साह, जलेश्वर– २ निवासी संजय साह माझी र जलेश्वर– ९ निवासी पवन कापर थुनामा छन्। प्रदीप र संजय असइ विकको हत्या अभियोगमा २०७२ चैत्र २ गते पक्राउ परेका थिए। कापर २०७५ श्रावण ३१ गते अदालतमा हाजिर भएपछि अदालतको आदेशले पुर्पक्षमा गएका थिए।