१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ११ बिहीबार
  • Saturday, 21 September, 2024
२o८o श्रावण ११ बिहीबार o८:१४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लम्पी स्किनको महामारी : चरिकोटको भेटेरेनरी अस्पतालमा १० दिनदेखि छैनन् डाक्टर र कर्मचारी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ११ बिहीबार o८:१४:oo

दुई जिल्ला हेर्ने अस्पतालमा सेवा दिन छोडेर १० दिनदेखि अस्पतालमा छैनन् प्रमुखसहितका डाक्टर र कर्मचारी 

लम्पी स्किनको महामारी छोडेर दुई जिल्ला हेर्ने भेटेरेनरी अस्पताल चरिकोटका प्रमुखसहित डाक्टर तथा प्राविधिक कर्मचारी १० दिनदेखि अस्पतालमा छैनन् । दोलखा र सिन्धुपाल्चोक दुई जिल्ला कार्यक्षेत्र भएको भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुखसहित डाक्टर र अन्य कर्मचारी १० दिनदेखि कार्यालयमा उपस्थित नभएका हुन्।

बुधबार अस्पताल पुग्दा एकजना प्राविधिक र एक कार्यालय सहयोगी मात्रै अस्पतालमा काम गरिरहेका थिए । दुई जिल्लाका अधिकांश किसानले पालेका पशु चौपायामा लम्पी स्किनको संक्रमण देखिनुका साथै कतिपय पशुचौपाया मरिरहेको दर्दनाक स्थिति छोडेर कार्यालय प्रमुख तथा डाक्टरहरू अस्पतालमा नहुँदा सेवाग्राहीले हदैसम्मको सास्ती व्यहोर्नुपरेको छ । 

साउनेसंक्रान्ति मनाउन घर गएका प्राविधिक कर्मचारी अझै कार्यालय फर्किएका छैनन् । निमित्त कार्यालय प्रमुख पलट चौधरी साउन १ गते बिहान हाजिरी लगाएर निस्किएका थिए । उनी बुधबारसम्म अस्पताल आइपुगेका छैनन् । 

त्यस्तै, सूचना अधिकारीसमेत रहेका डा. ध्रुव डिसी पनि सोही समयदेखि अस्पतालमा छैनन् । ११ जनाको दरबन्दी रहेको भेटेरेनरी अस्पताल तथा विज्ञ सेवा केन्द्रमा सातजना मात्र कर्मचारी छन् । 

बुधबार दिउँसो १ः३० बजे अस्पताल पुग्दा एकजना प्राविधिक र एकजना कार्यालय सहयोगी मात्रै काममा व्यस्त थिए । उनीहरूले अन्य सबै कर्मचारी कोही बिदा तथा कोही हेटौँडा गोष्ठीमा गएको भन्ने जानकारी दिए  । दुई जिल्लाका पशुहरूको उपचार हुने एक मात्र भेटेरेनरी अस्पतालको यो हालत हदैसम्मको लापरबाही भएको सरोकारवालाहरूले बताएका छन्। 

९ गतेको गोष्ठीका लागि १ गतेदेखि अस्पतालमा छैनन् कार्यालय प्रमुख 

यस विषयमा भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चरिकोटका निमित्त प्रमुख पलट चौधरीसँग टेलिफोन सम्पर्क गर्दा उनले आफू प्रदेश मन्त्रालयको गोष्ठीमा सहभागी हुन हेटौँडा गएको प्रतिक्रिया दिए । चौधरीले आफूसँगै डा. ध्रुव डिसी पनि सोही कार्यक्रममा भाग लिन हेटौँडा आएको जनाएका छन् ।

लम्पी स्किनसम्बन्धी यत्रो ठूलो महामारी चलिरहँदा लामो समय अस्पताल नै खाली किन भन्ने जिज्ञासामा चौधरीले प्रस्ट जवाफ दिएनन् । उनले संक्षिप्तमा आफू बाटोमा भएको र केही सूचना चाहिए बिहीबार अस्पताल आउन आग्रह गर्दै टेलिफोन राखेका थिए ।

बागमती प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयका सूचना अधिकृत अनुप अधिकारीले साउन ९ गते मन्त्रालयमातहतका सबै कार्यालयको समीक्षा गोष्ठी एक दिन मात्रै रहेको जनाएका छन् । उनले यसबारे आवश्यक सोधपुछ गर्ने र गलत भएको पाइएमा आफूभन्दा माथिल्लो तहमा छलफल गर्ने जनाएका छन् ।

दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले कार्यालय छोड्दा सामान्य जानकारी आएको, तर अस्पतालजस्तो संवेदनशील क्षेत्रमा यति लामो समय चिकित्सक तथा कर्मचारी नभएको भन्ने जानकारी प्राप्त नभएको बताएका छन् । प्रजिअ धमलाले त्यसबारे तत्काल अध्ययन गर्ने जानकारी दिए  ।