मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ९ मंगलबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ९ मंगलबार १२:oo:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई लाइफका कार्यालय प्रमुखहरूलाई तालिम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ९ मंगलबार १२:oo:oo

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना नेपालभरका क्षेत्रीय शाखा–उपशाखा कार्यालयका प्रमुखहरूका लागि सम्पत्ति शुद्घीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी एकदिने तालिम प्रदान गरेको छ ।

कम्पनीका करिब एक सय ३० जना कर्मचारीलाई नेपाल बिमा प्राधिकरणका उपनिर्देशक हृदयश्वर पण्डितले भैरहवामा एकदिने तालिम दिएका हुन् । तालिममा सम्पत्ति शुद्धीकरणको परिभाषा, कानुनी संरचना, सम्पत्ति शुद्धीकरण निवारण किन गर्ने, सम्पत्ति शुद्धीकरणको लक्ष्य, आतंककारी कार्यबाट संकलित कालो धनलाई बिमा क्षेत्रको माध्यमले सेतो धन कसरी बनाइन्छ, खास कारोबारमा विशेष ध्यान दिनुपर्ने, वित्तीय जोखिमांकनको चरण, कम्पनीको भूमिका, कारबाही तथा सजायलगायतका विषयमा प्रशिक्षित गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयाल, प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यसहित केन्द्रीय कार्यालयका सम्पूर्ण विभागीय प्रमुखको समेत तालिममा सहभागिता रहेको जनाइएको छ ।