१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ७ आइतबार
  • Sunday, 29 September, 2024
२o८o श्रावण ७ आइतबार १७:३५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

हमालको नेतृत्वमा नेपाल स्ट्रेन्थलिफ्टिङ संघ कर्णालीको गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ७ आइतबार १७:३५:oo

विशाल हमालको नेतृत्वमा नेपाल स्ट्रेन्थलिफ्टिङ संघ कर्णाली प्रदेश गठन भएको छ। हमालको अध्यक्षतामा २१ सदस्यीय स्ट्रेन्थलिफ्टिङ संघ कर्णाली प्रदेशको गठन भएको हो। 

संघको उपाध्यक्षमा चेतन आचार्य, सचिवमा राजु खत्री, उपसचिवमा तेजबहादुर रोकाय, कोषाध्यक्षमा विन्दमान सार्की चयन भएको नवनिर्वाचित कोषाध्यक्ष सार्कीले बताए। नेपाल स्ट्रेन्थलिफ्टिङ संघका संस्थापक केन्द्रीय महासचिव जीवन गिरी तथा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालको आतिथ्यतामा सर्वसम्मत संघ गठन भएको सार्कीले जानकारी दिए।

त्यस्तै, सदस्यहरूमा गणेशमान शाक्य, अनिलकुमार भण्डारी, रितिक विक, लक्ष्मी सुनार, जीवन बन्जाडे जैसी, जनक चौधरी, इन्द्र डाँगी, मनीष विश्वकर्मा, रेशम चौधरी, मनोज राना, आकाश विक, दलबहादुर सुनार, राजेन्द्र सुनार, सुष्मा गिरी र जगतप्रसाद रिजाल चयन भएको सार्कीले बताए।
 
‘संघले स्ट्रेन्थलिफ्टिङसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडीहरूलाई समन्वय गर्ने काम गर्ने छ,’ उनले भने, ‘कर्णालीमा यो पहिलोपटक प्रदेशस्तरीय कमिटी गठन भएको हो।’