Skip This
एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३ बुधबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ३ बुधबार o८:२६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ३ बुधबार o८:२६:oo

एमाले अध्यक्ष केपी ओली कम्बोडिया प्रस्थान गरेका छन् । कम्बोडियामा हुने संसदीय निर्वाचनको पर्यवेक्षणमा सहभागी हुन ओली मंगलबार राति त्यसतर्फ प्रस्थान गरेको पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेलसहितका नेताहरूले बिदाइ गरे । 

कम्बोडियामा रहँदा ओलीले दक्षिण एसियाका डेमोक्रेटिक पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने र निर्वाचन पर्यवेक्षणपछि त्यहाँका राष्ट्रपतिसहित उच्च राजनीतिक तहमा भेटघाट गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

गत शनिबार सम्पन्न पार्टीको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले कम्बोडिया भ्रमणबारे जानकारी गराएका थिए । ओलीको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी नेतृत्वको जिम्मेवारी सम्हाल्नेछन् । ०७६ मा प्रधानमन्त्री भएका वेला पनि ओलीले ३० वैशाखदेखि १ जेठसम्म कम्बोडिया भ्रमण गरेका थिए ।