१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १ सोमबार
  • Monday, 01 July, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
अजित अधिकारी काठमाडौं
२o८o श्रावण १ सोमबार २o:११:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

गण्डकी प्रदेशमा एक महिनाको माग धान्ने डिजेल भण्डारण गृह तयार

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण १ सोमबार २o:११:oo

नेपाल आयल निगम लिमिटेडले पोखरास्थित गण्डकी प्रदेशिक कार्यालय परिसरमा एक करोड लिटर क्षमताको दुईवटा भण्डारण गृहको उद्घाटन गरेको छ । 

८९ करोड रुपैयाँ लागतमा तयार भएको भण्डारण गृहले गण्डकी प्रदेशको एक महिनाको डिजेलको माग धान्न सक्ने निगमको कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए । 

सोमबार एक कार्यक्रमबीच सो भण्डारण गृहको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गरेका छन् । उनले ऊर्जा र पेट्रोलियम पूर्वाधार सृदुढ पार्ने योजनाअनुसार पोखरामा भण्डारण गृह वृद्धि गरिएको बताए ।

‘पेट्रोलियम क्षेत्रमाा भएको पूर्वाधार विकासले आउँदा दिनमा इन्धनको अभाव हुनसक्ने जोखिमलाई कम गर्ने विश्वास लिएका छौँ,’ उनले भने । पोखराको नयाँ भण्डारणा गृह जर्मन प्रविधिमा आधारित भई उच्च प्रविधि र स्वचालित प्रणाली प्रयोग गरिएकाले डिपो सुरक्षामा समेत ध्यान दिइएको उनले बताए ।

उद्योग वाणिज्य तथा आपूर्तिसचिव मधुकुमार मरासिनीले भण्डारण गृहको वृद्धिले ऊर्जा सुरक्षाको प्रत्याभूति दिलाएको बताए । उनले विगतमा इन्धन अभावका कारण अर्थ व्यवस्थामै असर परेको स्मरण गर्दैै आगामी दिनमा मुलुकको अर्थव्यवस्थासँगै आयल निगमको सक्षमता र विश्वास पनि बढाउन मद्दत मिल्ने अपेक्षा रहेको बताए ।

‘पेट्रोलियम पूर्वाधारमा भएको वृद्धिले इन्धनको सहज आपूर्ति गर्ने मार्गमा आयल निगम र सरकार छ भन्ने सन्देश दिएका छौँ,’ उनले भने, ‘मुलुकको आर्थिक विकासमा पनि सहयोग मिल्नेछ ।’

त्यस्तै, आयल निगमका कार्यकारी निर्देशक थानीले ०५८ पछि पहिलो पटक पेट्रोलियमको भण्डारण क्षमता वृद्धि गरिएको जानकारी दिए । उनका अनुसार मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जपछि पोखरा देशकै सबैभन्दा दोस्रो ठूलो इन्धन भण्डारण गृह बनेको छ भने अमलेखगन्ज र थानकोटपछि पोखरा तेस्रो ठूलो पेट्रोलियम हव बनेको छ ।

पोखरामा रहेको ७ सय ६० किलोलिटर क्षमताको मट्टितेलको स्टोरेज ट्यांकलाई पेट्रोल राख्न मिल्ने गरी परिवर्तन गरिएको र त्यसपछि पेट्रोलको पनि १० दिनलाई माग धान्ने भण्डारण गृह तयार भएको उनले बताए । गण्डकीमा दैनिक तीन सय २० किलोलिटर डिजेल र १ सय किलोलिटर पेट्रोलको माग छ ।

भण्डारण गृह तोकिएको दुई वर्षमै सम्पन्न गरेको भन्दै परियोजना प्रमुख तथा निगमका उपनिर्देशक मनोज ठाकुर, निर्माण कम्पनी समानान्तर÷रेलिगेयर र सुपरिवेक्षक काठमाडौं विश्वविद्यालयमातहतको  कलेज अफ इन्जिनियरिङलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

यसैबीच, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि निगमले ३६ सय किलोलिटरको हवाइ इन्धन भण्डारण गृह निर्माणको शिलान्याससमेत गरेको छ । 

सो परियोजनाको प्रमुख रहेका निगमका उपनिर्देशक भरत रेग्मीका अनुसार १२ सय किलोलिटर क्षमताको तीन वटा ट्यांक र एउटा पानीको भण्डारण गृह बन्नेछ । एक वर्षमै परियोजना निर्माण भएपछि विमानस्थलमा उडान र अवतरण गर्ने विमान कम्पनीलाई हवाइ इन्धन उपलब्ध गराइने उनले जानकारी दिए ।

ad
ad
ad
ad