१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १ सोमबार
  • Saturday, 21 September, 2024
२o८o श्रावण १ सोमबार १९:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोसीकिनारमा कुटपिट गर्ने युवती पक्राउ, चार फरार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण १ सोमबार १९:१७:oo

सुनसरीको बराहक्षेत्रस्थित सप्तकोसी नदीकिनारमा तीनजना किशोरीलाई कुटपिट गर्ने एक किशोरीलाई प्रहरीले पक्राउ गरेको छ। 

कुटपिटमा संलग्न बाँकी चारजनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। गत शुक्रबार तीन किशोरीलाई पाँचजना किशोरीले निर्घात कुटपिट गरेका थिए। 

राजावासस्थित कोसीकिनारमा निर्घात रूपमा कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनामा संलग्न एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक प्रभुप्रसाद ढकालले बताए। 

ढकालका अनुसार बराहक्षेत्र १० प्रकाशपुरकी १९ वर्षीया प्रीति लिम्बूलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीले पक्राउ गरेको हो। घटनामा संलग्न अरू चारजना फरार रहेको र उनीहरूको खोजी भइरहेको उनको भनाइ छ। 

घटनामा संलग्न बराहक्षेत्र ९ बस्ने १९ वर्षीया सन्जिता राई, १९ वर्षीया निहाङ राई, बराहक्षेत्र ८ सैनिक टोल बस्ने १८ वर्षीया दुर्गा राई र बिनिता उरावँको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बराहक्षेत्र ८ की १७ वर्षीया सन्ध्या परियार, १६ वर्षीया नविना विश्वकर्मा र राजाबासकी १९ वर्षीया मनीषा राईलाई पाँचजनाको समूहमा रहेका किशोरीहरूले निर्घात कुटपिट गरेका थिए।

पक्राउ परेकी राईलाई अभद्र व्यवहारमा मुद्दा चलाइने र पाँच दिनको म्याद थप भएको एसपी ढकालले जानकारी दिए। कुटपिटमा संलग्नहरूले अरू कसैलाई पोल खोलिदिएको भन्दै झुक्याएर सप्तकोसी किनारमा बोलाएर निर्घात कुटपिट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।