१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १ सोमबार
  • Friday, 05 July, 2024
मोहन विष्ट कञ्चनपुर
२o८o श्रावण १ सोमबार १३:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

भीमदत्त नगरपालिका– १८ मा डिजिटल माध्यमबाट सेवा सुरु 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o श्रावण १ सोमबार १३:२२:oo

कञ्चनपुरकाे भीमदत्त नगरपालिकाको एक वडा कार्यालयले डिजिटल माध्यमबाट सेवा सुरु गरेको छ। भीमदत्त नगरपालिका– १८ नम्बर वडाले डिजिटल माध्यमबाट सेवा सुरु गरेको हो।

१ साउन चालू आर्थिक वर्ष ०८०/८१ देखि वडा कार्यालयले पेपरलेस बनाउने उद्देश्यका साथ विद्युतीय व्यवस्थापन प्रणाली (डिजिटल म्यानेजमेन्ट सप्टवेयर)को माध्यमबाट वडाले प्रदान गर्ने सम्पूर्ण सेवा सुचारु गरेको छ।

भीमदत्त नगरपालिका– १८ का वडासचिव दिनेशराज भट्टले स्थानीय सरकार सञ्चालन ऐनले निर्देशिन गरेको कामकर्तव्यअनुरूप वडाले गत आर्थिक वर्ष ०७९/०८० वार्षिक बजेट तथा कार्यक्रमबमोजिम वडाबाट पारित भएको योजना चालू आर्थिक वर्षदेखि लागू भएको बताए। ‘हामीले वडाबाट नागरिकलाई प्रदान गर्ने सम्पूर्ण सेवा सफ्टवेयरमा राखेका छौँ,’ वडासचिव भट्टले भने, ‘डाटा डिजिटल स्टोरेज हुने भएकाले छितोछरितो सेवा प्रदान हुन्छ।’

सफ्टवेयरमा राखिएका डाटा भविष्यमा समेत सहज तरिकाले खोज्न सकिने सचिव भट्टले बताए। ‘पेपरलेसअनुरूप कामकाज सम्पादन गर्दा सेवाग्राही र कार्यालयको समेत बोझ घट्छ,’ उनले भने, ‘डिजिटल साक्षरतासमेत प्रदान गरेर सेवाग्राहीलाई थप सेवाग्राही जागरुक बनाउँछौँ।’

भीमदत्त नगरपालिका– १८ का वडाध्यक्ष रवीन्द्रप्रसाद देवकोटाले नागरिकलाई शीघ्र सेवासुविधा प्रदान गर्न डिजिटन सेवा प्रदान गरिएको बताए।

‘अब हामीले वडाबाट प्रदान हुने सम्पूर्ण सेवा सफ्टवेयरमा राखेका छौँ,’ उनले भने, ‘यसरी डिजिटल सेवा प्रदान गर्ने भीनपा– १८ सुदूरपश्चिमकै पहिलो वडा बनेको छ।’
 
सोमबार एक कार्यक्रमबीच सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री राजेन्द्र रावलले उक्त डिजिटल सेवाको उद्घाटन गरे।  भीनपा– १८  जिल्लाका नाै पालिकामध्ये सबैभन्दा ठूलो एवं झन्डै ३० हजारभन्दा बढी जनसंख्या भएको वडा हो। 

ad
ad
ad
ad