१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १३:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

महिला लघुवित्तको प्रायोजनमा निःशुल्क दन्त शिविर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १३:o४:oo

 महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रायोजन र महिला अधिकार तथा विकास केन्द्रको आयोजनामा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । महिला लघुवित्तले सामाजिक उत्तरदायित्व कोषअन्तर्गत रामेछापको गोकुलगंगा नगरपालिका–४ मा रहेको जनजागृत माध्यमिक विद्यालयमा तीनदिने निःशुल्क दन्त शिविरलाई प्रायोजन गरेको हो ।

विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकको निःशुल्क दन्त जाँच गरिएको शिविरमा करिब तीन सयजना लाभान्वित भएको जनाइएको छ । शिविरमा दन्त चिकित्सक डा. विजिता गौतम नेतृत्वको टोलीले दन्त परीक्षण गरेको कम्पनीले जनाएको छ । उक्त अवसरमा सोही विद्यालयमा अध्ययनरत छात्रछात्रालाई खेलकुद र अध्ययन सामग्रीसमेत वितरण गरेको प्रमुख कार्यकारी अधिकृत न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा गोकुलगंगा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का प्रमुख अतिथि तथा महिला लघुवित्तका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपाने र महिला अधिकार तथा विकास केन्द्रकी उपाध्यक्ष उमा भण्डारीको उपस्थिति रहेको उल्लेख छ । 

ad
ad