१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २१ बिहीबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असार २१ बिहीबार o९:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

विमानस्थलबाट नौ किलो सुन चोरी प्रकरण, सुरक्षागार्डको पनि मिलेमतो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार २१ बिहीबार o९:३५:oo

ई–सिगरेट (विद्युतीय चुरोट)भित्र लुकाएर तस्करी हुन लागेको नौ किलो सुन विमानस्थलको भन्सार कार्यालयबाटै चोरी भएको घटनामा सुरक्षागार्डको पनि मिलेमतो देखिएको छ । भन्सार कार्यालयबाट सुन चोरी हुँदा सुरक्षागार्ड अमृत कार्कीलाई करिब एक तोला सुन घुस दिइएको प्रहरी अनुसन्धानमा खुलेको हो । 

कार्कीलाई पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ । यो प्रकरणमा भन्सारका नासु तथा भन्सार एजेन्टलगायत ६ जना पक्राउ परिसकेका छन् । सुरक्षागार्ड कार्कीले उक्त सुन पसले निर्मलकुमार विकलाई दिएका थिए । विकलाई पनि सिआइबीले यसअघि नै पक्राउ गरिसकेको छ । सबैलाई आपराधिक विश्वासघात र संगठित अपराधसम्बन्धी कसुर लगाइएको छ । तर, चोरी भएको थोरै मात्र सुन बरामद भएको छ । 

गत ३० वैशाखमा विमानस्थलस्थित भन्सार कार्यालयका नासु रेवन्त खड्कालाई पक्राउ गरी सिआइबीले यस घटनाको अनुसन्धान थालेको थियो । नासु खड्का र भन्सार एजेन्टको योजनामा भन्सार कार्यालयको गोदाममा रहेको सुनसहितको विद्युतीय चुरोट साटेर नौ किलो सुन चोरी भएको थियो । भन्सार एजेन्ट बस्नेत पनि सिआइबी हिरासतमै छन् । यो घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको सिआइबीकी निर्देशक एआइजी किरण बज्राचार्यले बताइन् । 

घडी पसलेले बेचे सुन 
तस्करी भएको उक्त सुन न्युरोडमा घडी पसल चलाउने वेदप्रसाद अग्रवालले बिक्री गरेको खुलेको छ । उनले सुन जाँच्ने साहेब राव मर्गमार्फत सुन बिक्री गरेका थिए । अग्रवाल र मर्गलाई पनि सिआइबीले पक्राउ गरिसकेको छ । उनीहरूले बिक्री गरेको सुन भने बरामद हुन सकेको छैन । तस्करीको धेरै सुन भारत गएको अनुमान गरिएको छ । 

सुन बिक्रीमा भन्सार एजेन्ट बस्नेतका आफन्त पनि संलग्न छन् । सुनको पैसाबाट उनले आफन्तको नाममा जग्गासमेत खरिद गरेको अनुसन्धानमा खुलेको छ । सो जग्गा रोक्का राख्न प्रहरीले पत्राचार गरेको छ । 

कसरी भयो चोरी ?
गत १० पुसमा विमानस्थलस्थित भन्सार कार्यालयले ई–सिगरेट रहेका दुई सुटकेस शंका लागेपछि रोकेको थियो । एक चिनियाँ नागरिकले ठूलो मात्रामा ई–सिगरेट ल्याएकोमा शंका लागेर भन्सारले रोकेको थियो । ती सुटकेस दुबईबाट ल्याइएको थियो । 

लागि भनेर ती सुटकेस लामो समय भन्सारको गोदाममा रहे । सुटकेसमा रहेको विद्युतीय चुरोटमा सुन रहेको थाहा पाएपछि भन्सार एजेन्ट बस्नेतले सुटकेसभित्रको चुरोट साट्ने योजना बनाएर नासु खड्कासँग सल्लाह गरे । सोहीअनुसार उनले नै बजारबाट विद्युतीय चुरोट लगेर सुन राखिएको चुरोट निकालेर बिक्री गरिएको थियो । त्यसबापत नासु खड्काले ६५ लाख रुपैयाँ लिएको स्वीकारेका छन् । उनले पैसा लिएको स्वीकार गर्दै २५ लाख प्रेमिकाको खातामा राखेको र बाँकी एक आफन्तलाई ऋण तिर्न दिएको प्रहरीको बयानमा बताएका छन् । सिआइबीको अनुसन्धानमा ई–सिगरेटभित्र करिब नौ किलो सुन रहेको र त्यसलाई ६ करोडमा बिक्री गरिएको खुलेको छ । 

चीनबाट कुन समूहले सुन ल्याएको थियो भन्ने नै खुल्न नसक्दा तस्करी गर्ने समूहको विषयमा प्रहरीले विस्तृत पत्ता लगाउन सकेको छैन । ई–सिगरेटभित्र विगतमा पनि त्यसैगरी सुन ल्याएर तस्करी भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ । सुटकेस लिएर चिनियाँ नागरिक त्यसअघि पनि पटकपटक नेपाल आएको अध्यागमनको तथ्यांक छ । 
 

ad
ad
ad
ad