१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २१ बिहीबार
  • Saturday, 06 July, 2024
२o८o असार २१ बिहीबार o८:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सूर्यपुरले जित्यो चितवन च्याम्पियनसिप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार २१ बिहीबार o८:२१:oo

सूर्यपर फुटबल क्लबले छैटौँ चितवन च्याम्पियनसिपको उपाधि जितेको छ । नेपाल प्रहरी शिक्षालय भरतपुरको मैदानमा बुधबार भएको फाइनलमा गैँडाकोट फुटबल क्लबलाई ७–१ को फराकिलो अन्तरले हराउँदै सूर्यपुर च्याम्पियन बनेको हो । सूर्यपुरका लागि विमल घर्तीमगरले खेलको १४औँ मिनेटमा अग्रता गोल गरेका थिए । खेलको ३०औँ मिनेटमा कप्तान बिक्की राईले सूर्यपुरलाई २–० को अग्रता दिलाए । ३३औँ मिनेटमा सूर्यपुरले आत्मघाती गोल बेहोरेपछि गौँडाकोट २–१ को स्थितिमा पुग्यो ।

खेलको ६९औँ मिनेटमा कप्तान बिक्कीले व्यक्तिगत दोस्रो गोल गर्दा सूर्यपुरले ४–१ को अग्रता लियो । खेलको ७१औँ मिनेटमा आशिष चौधरीले सूर्यपुरलाई ५–१ को स्थितिमा राखे । अतिरिक्त समयमा सूर्यपुरले दुई गोल ग¥यो । खेलमा विजयी टोलीका विमल म्यान अफ दी म्याच भएका थिए । 

च्याम्पियनले तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पाए । प्रतियोगितामा गैँडाकोटका युसुफ थपलियाले उत्कृष्ट खेलाडी हुँदै २० हजार रुपैयाँ प्राप्त गरे । सूर्यपुरका प्रदीप भण्डारी उत्कृष्ट गोलरक्षक, सूर्यपुरकै कुलदीप कार्की उत्कृष्ट डिफेन्डर र गैँडाकोटका जय लामा उत्कृष्ट मिडफिल्डर भए । प्रतियोगितामा पाँच गोल गरेका सूर्यपुरकै बिक्की सर्वाधिक गोलकर्ता बने । 

प्रतियोगिताका उत्कृष्ट खेलाडीले जनही १० हजार रुपैयाँ प्राप्त गरे । एभरेस्ट क्लबको आयोजनामा ५ असारदेखि भएको प्रतियोगितामा १२ टिम सहभागी थिए । विजयी खेलाडीलाई उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुरस्कृत गरे । 

ad
ad
ad
ad