मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २१ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असार २१ बिहीबार o७:१७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग पूर्वप्रधानमन्त्री नेपालको भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार २१ बिहीबार o७:१७:oo

श्रीलंका भ्रमणमा रहेका एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गरेका छन् । श्रीलंकाका राष्ट्रपति रणिल विक्रमसिंघेसँगको शिष्टाचार भेटवार्तामा दुई देशको आपसी हितबारे छलफल भएको बताइएको छ । राष्ट्रपतिनिवासमा अध्यक्ष नेपालले ४५ मिनेट कुराकानी गरेका थिए । 

यस्तै, नेपालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवर्धनेसँग पनि शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीनिवासमा करिब १ घन्टा पाँच मिनेटको भेटवार्तामा दुई देशको भाइचारा सम्बन्ध, एसियाली मुलुकहरूमा विकसित घटनाक्रमबारे छलफल भएको नेपालको सचिवालयले जनाएको छ । 

शिष्टाचार भेटमा नेपाल र श्रीलंकाबीच पुरानो मित्रता रहेको बताउँदै दुवै देशले एक–अर्कालाई आवश्यक सरसहयोग गर्न सकिने विषयमा पनि छलफल भएको बताइएको छ । श्रीलंकन कम्युनिस्ट पार्टीको ८०औँ स्थापना दिवसको कार्यक्रममा सहभागी हुन तथा दक्षिण एसियाका कम्युनिस्ट पार्टीहरूको बैठकमा सहभागी हुन नेपाल गत सोमबार श्रीलंका प्रस्थान गरेका थिए ।