मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असार २० बुधबार
  • Wednesday, 02 September, 2026
२o८o असार २० बुधबार १३:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निरन्तरको वर्षाले भोजपुरकाे ग्रामीण यातायात ठप्प

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार २० बुधबार १३:३७:oo

निरन्तरको वर्षाका कारण भोजपुरका ग्रामीण क्षेत्रमा यातायात सेवा बन्द भएको छ।

वर्षासँगै विभिन्न ठाउँमा पहिराे खस्नुका साथै सडक हिलाम्य हुँदा यातायात सेवा ठप्प भएको हो। सडक अवरुद्ध हुँदा स्थानीयलाई दैनिक आवागमनका साथै उपभोग्य वस्तु ढुवानीमा समस्या भएको छ। 

निरन्तर परेको वर्षाले जिल्लाको ग्रामीण क्षेत्रदेखि सदरमुकामसम्मका अधिकांश स्थानमा यातायात सेवा बन्द छन्। सदरमुकामबाट उत्तरी क्षेत्र षडानन्द नगरपालिकासँग जोड्ने भोजपुर–दिङ्ला मुख्य सडक हिलाम्य बन्दा यात्रुवाहक तथा ढुवानीका साधन सञ्चालनमा समस्या भएको टेम्केमैयुङ गाउँपालिका– ५ मझौलेका स्थानीय व्यापारी सन्तोष विष्टले बताए। 

वर्षातका कारण सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य वस्तु ढुवानीमा कठिनाइ भएको उनले बताए। सडक ठाउँ–ठाउँमा पहिराको जोखिम हुनाका साथै हिलाम्य भएर यातयात सञ्चालनमा समस्या भएपछि सुत्केरी तथा गर्भवती महिला, आकस्मिक बिरामीका साथै प्राकृतिक प्रकोपका कारण कुनै पनि विपत् आएमा उद्धारमा थप समस्या हुने स्थानीयको भनाइ छ। 

भोजपुर सदरमुकामबाट हतुवागढी गाउँपालिका, रामप्रसाद राई गाउँपालिका, आमचोक गाउँपालिका, साल्पासिलिछो गाउँपालिकाका साथै खोटाङको सिमाना पाँचधारे बजारसम्म सञ्चालन हुने सडक पनि बन्द भएको छ। त्यस्तै, दलगाउँ, ओख्रे, भुल्के, कोट, गोगने, लेखर्कलगायत क्षेत्रका स्थानीय यातायात सेवाबाट वञ्चित भएका छन्।

सदरमुकामसँग जोडिएका अधिकांश सडक बन्दा हुँदा किसानले उत्पादन गरेका कृषि उपज बजारसम्म ल्याउन समस्या भएको किसान रामचन्द्र राईले बताए। 

पूर्वी क्षेत्रबाट भोजपुर–लेगुवा ६६ किलोमिटर सडक र पश्चिमी क्षेत्र जाने भोजपुर–चखेवा ४२ किलोमिटर सडकमा मात्र नियमित रूपमा यातायात सञ्चालन भइरहेको छ। यस क्षेत्रमा उत्पादित कृषि उपज काठमाडौं, धरान, विराटनगरलगायत ठाउँमा पुर्‍याउने गरिए पनि वर्षा लागेपछि अधिकांश सडक बन्द छन्।