१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १६:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पूर्वमाओवादी शक्तिहरूबीच एकताका लागि छलफल जारी : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:o९:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादी शक्तिहरूबीच पार्टी एकताका लागि छलफल भइरहेको बताएका छन्। शनिबार पोखरामा उपलब्ध पार्टीका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका पदाधिकारीहरूसँगको अन्तर्क्रियाका क्रममा उनले एकताका लागि ठोस पहल भइरहेको बताएका हुन्।

माओवादी शक्ति कमजोर हुँदा सिंगो परिवर्तन नै कमजोर हुने भएकाले माओवादी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अघि बढ्ने माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डको जिकिर छ। परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारीसमेत आफूहरूको रहेकाले यसका लागि सबैले देशको पक्षमा सोच्न र काम गर्न जरुरी रहेको उनको भनाइ थियो।

माओवादीको पहलमा समाजवादी मोर्चा घोषणा गरिएको जानकारी दिँदै उनले मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्ने बताए। मोर्चा निर्माणका लागि पूर्वमाओवादीहरू पनि छलफलमा रहेकाले पार्टी एकताको आधार निर्माण हुँदै गरेको उनको भनाइ छ।

फरक प्रसंगमा उनले आगामी आर्थिक वर्षको बजेट पारित होला कि नहोला भन्ने तरंग रहेको वेलामा विनियोजन विधेयक पारित भएसँगै उक्त आशंका अन्त्य भएको बताए। यसपटक सरकारले भिन्न ढंगले काम सुरु गरेको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धका अनुसन्धानलाई थप तीव्र गतिले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

ad
ad