१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार १४:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भ्रष्टाचारविरुद्धका अनुसन्धान रोकिन्न, अझ तीव्र बनाउँछौँ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १४:४६:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धका अनुसन्धान नरोकिने र यसलाई अझ तीव्र गतिले अघि बढाउने बताएका छन्। प्रेस सेन्टर गण्डकीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले यस्तो बताएका हुन्।

भ्रष्टाचार देशका लागि विकराल समस्या बन्दै गएको भन्दै प्रचण्डले ललितानिवास प्रकरण होस् वा नक्कली भुटानी शरणार्थी प्रकरण, अनुसन्धान नरोकिने दाबी गरे। प्रहरीले अनुसन्धान गरिरहेको र त्यसका लागि सरकारले आवश्यक निर्देशित गरिरहेको उल्लेख गरे। आफूले राष्ट्र र जनताप्रति इमानदार भएर काम गरिरहेको प्रधानमन्त्रीको भनाइ छ।

फरक प्रसंगमा उनले केही साताअघि सम्पन्न भारत भ्रमणका क्रममा पारवाहन सन्धि पुनरावलोकन, १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने गरी गरिएको विद्युत् व्यापार सम्झौतालगायतका विषय सामान्य नरहेको भन्दै यसले देशमा लगानीको ढोका खोलेको र विद्युत् व्यापारसमेत बढ्ने जिकिर गरे।

सीमा समस्या हल गर्ने विषयमा स्वयं भारतीय प्रधानमन्त्री मोदीले बोल्नु ठूलो कुरा रहेको उल्लेख गर्दै प्रचण्डले भ्रमणका क्रममा नेपालको हितमा अन्य महत्वपूर्ण समझदारी भएकाे दाबी गरे। अबको केही समयमा चीन भ्रमण जाने तयारी गरिएको र त्यहाँ पनि देश र जनताको हितका विषयमा कुरा गरिने प्रधानमन्त्रीको भनाइ थियो।

हाल सरकार तत्काल ढल्छ जसरी कुराहरू गरिएको भन्दै प्रधानमन्त्रीले वर्तमान सरकार र गठबन्धन कुनै पनि हालतमा नढल्ने दोहोर्‍याए।

ad
ad