१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार २१:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बलात्कारपीडितलाई उपचार खर्च भराउन आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार २१:o७:oo

जिल्ला अदालत काठमाडौंले बलात्कारपीडित किशोरीलाई उपचारबापतको खर्च उपलब्ध गराउन आदेश दिएको छ। 

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान तथा क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको जबर्जस्ती करणी मुद्दामा अदालतले उपचार खर्चबापतको रकम पीडित राहत कोषबाट भराउन आदेश दिएको हो। 

सोमबार जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले यस्तो आदेश दिएको हो। पीडित युवतीले १४ वैशाखमा सर्वोच्च अदालतको आदेशबमोजिम अन्तरिम क्षतिपूर्ति पाऊँ भन्दै निवेदन दर्ता गराएकी थिइन्। 

विशेष प्रकृतिको निवेदन भनी दर्ता उक्त निवेदनउपर सोमबार आदेश भएको हो। युवतीले मानसिक तथा शारीरिक उपचारबापत आफ्नो रकम खर्च भएको भन्दै सोको क्षतिपूर्ति माग गरेकी थिइन्। जसपछि उनको मागमा इजलास सहमत भई अन्तरिम उपचार खर्चबापतको रकम उपलब्ध गराउन आदेश भएको हो।

लामिछानेविरुद्ध गत वर्ष गौशाला प्रहरीमा बलात्कारको आरोपमा जाहेरी दर्ता भएको थियो। ५ भदौ ०७९ मा गौशालास्थित एक होटेलमा आफूमाथि लामिछानेले जबर्जस्ती गरेको उनको भनाइ थियो। 

मुद्दा दर्तापछि जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने सर्वोच्चको आदेशपछि थुनामुक्त भए पनि बलात्कारको यो मुद्दा हाल काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ।

ad
ad