मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १३ बुधबार
  • Wednesday, 29 November, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० असार ११ सोमबार १४:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संघीय निजामती सेवा ऐनको मस्यौदा संसदमा छिट्टै पेस हुन्छ : मन्त्री मोदी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असार ११ सोमबार १४:१५:००

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती सेवा ऐनको मस्यौदा छिट्टै संसदमा पेस गर्ने बताएका छन्। 

सोमबार प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन्। 

मन्त्री मोदीले सरकारमा सत्तारूढ दलहरू फेरबदल भएका कारण सो ऐनको मस्यौदा संसदमा पेस गर्ने काममा ढिलाइ हुन गएको स्पष्टीकरणसमेत दिए। 

एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलहरूको सहकार्यमा बनेको समीकरण परिवर्तन भई कांग्रेस, माओवादीसहितको समीकरण बनेकाले सो ऐनको मस्यौदा संसदमा पेस गर्ने काममा ढिलाइ हुन गएको उनको भनाइ थियो। 

मन्त्री मोदीले सो ऐनको मस्यौदामा देखिएको समस्या पनि यही असार १५, १६ र १७ गते बस्ने प्रधानमन्त्रीसहितका उच्चस्तरीय छलफलबाट टुंगो लाग्ने योजना रहेको पनि जानकारी गराए। 

उनले सो ऐनको मस्यौदा तयार पार्न सम्बद्ध सबै पक्षको सुझाव लिइएको पनि बताए। मन्त्री मोदीले कर्मचारी सरुवा, बढुवामा आफ्नो मन्त्रालयमातहतका कुनै अधिकारीले भ्रष्टाचार गरेको पाइए कडा कारबाही गर्ने चेतावनीसमेत दिए। 

उनले कर्मचारी सरुवा, बढुवामा हुने भ्रष्टाचार नियन्त्रण आफ्नो मन्त्रालय एक्लैले गर्न नसक्ने पनि पटकपटक दोहोर्‍याए। सबै मन्त्रालयको सहकार्यमा मात्रै सो कामलाई नियन्त्रण गर्न सकिने मन्त्री मोदीको भनाइ थियो।