१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ११ सोमबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असार ११ सोमबार o८:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नेकपा विभाजनको यथार्थ विश्लेषण हुनुपर्छ : ओली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार ११ सोमबार o८:३६:oo

एमाले अध्यक्ष केपी ओलीले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको यथार्थ विश्लेषण हुनपर्ने आवश्यकता औँल्याएका छन् । एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशवप्रसाद बडालको पुस्तक ‘सिंहावलोकन’को आइतबार विमोचन गर्दै ओलीले त्यस्तो बताएका हुन् ।

‘अढाई वर्षअघि पार्टी विभाजन भयो, त्यो विभाजन हुँदा यसले यसो भन्यो, यसो गर्‍यो भनेर मात्रै हुँदैन । त्यसका पछाडिका कारणहरू के थिए ? उद्देश्यहरू के थिए ? किन विभाजन भयो ? किन गरियो ? कस्तो पृष्ठभूमिबाट त्यो विभाजनसम्म पुग्यो ? ती कुराहरू आउनुपर्छ,’ ओलीले भने, ‘त्यसमा आन्तरिक कारण कति थियो, बाह्य कति ? स्वचालित कति थियो ? परिचालित कति थियो ? रिमोट कन्ट्रोल कति थियो, त्यहीँबाट बटन घुमाउने कति थियो ? यी सबै कुराको हामीले यथार्थ विश्लेषण आन्दोलनको हितका लागि गर्‍यौँ भने त्यसले देशको भविष्यलाई राम्रो हुन्छ ।’

ओलीले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको वास्तविक इतिहासको पनि न्यायपूर्ण हिसाबले पुनरावलोकन र समीक्षा गर्नुपर्नेमा पनि जोड दिए । नेकपा स्थापना गर्दा मनमोहन अधिकारीलाई संस्थापक नराखेर त्रुटि गरिएको उनको भनाइ थियो । ‘पुष्पलालले ००६ वैशाखमा चारजनासँग मिलेर कोलकातामा नेकपा स्थापना गर्नुभो । महिला एकजना राखौँ भनेर त्यहाँ नभए पनि मोतीदेवीलाई पनि संस्थापक राखियो,’ ओलीले भने, ‘मनमोहनजीहरू पनि कोलकतामा उहाँहरू (पुष्पलालहरू)को सम्पर्कमै हुनुहुथ्यो त्यसकारण उहाँलाई पनि राख्नुपर्ने हुन्छ संस्थापक भनेर । उहाँलाई नराख्नु पनि एउटा त्रुटि थियो । सयम अनुकूल भएपछि यी सबैको समीक्षा गर्नुपर्छ ।’ 

कम्युनिस्ट पार्टी स्थापनाअगावै नेपालमा पुष्पलालको अगुवाइमा १९९८ मा प्रजातान्त्रिक संघ, २००३ सालमा गंगालाल श्रेष्ठको अगुवाइमा लाल कम्युनिस्ट पार्टी बनाएकोजस्ता तथ्यहरूको पनि सिंहवालोकन गरिनुपर्ने उनको भनाइ थियो । प्रजा परिषद् कम्युनिस्ट पार्टीको पृष्ठभूमि भएको पनि ओलीले बताए । ओलीले अन्तर्राष्ट्रिय क्षेत्रमा कम्युनिस्ट र पुँजीवादी राजनीति पुरानै अवस्थामा नभएर सुधारिएको अवस्थामा आपसी प्रतिस्पर्धामा रहेको पनि बताए । 

‘अन्तर्राष्ट्रिय क्षेत्रमा पुरानै राजनीति छैन । कम्युनिस्ट भनेर जे पुरानो बुझिन्थ्यो त्यो आज छैन । चिनियाँ कम्युनिस्ट पार्टीले कम्युनिस्ट नीति छोड्यो भन्छन् । फेरि त्यसलाई किन डेमोक्रेटिक भनेर नमानेको त ? कम्युनिस्ट नीति छोडेपछि डेमोक्रेटिक हुन्छ भने नीति छोड्यो भने डेमोक्रेटिक नमान्ने ? अर्कोतिर, पुँजीवादको जुन सिद्धान्त, राजनीति र अर्थतन्त्र हो, त्यसलाई बोेकेर हिँडेको स्थिति छैन, लोकल्याणकारी अवधारणा मान्नुपरेको छ,’ ओलीले भने ।

ad
ad
ad
ad