नियासिन भिटामिन अर्थात् भिटामिन बी ३ ले मुटु स्वस्थ राख्छ र हृदयाघातको जोखिम कम गर्छ । यसले कोलेस्ट्रोलको मात्रा घटाउन सहयोग गर्छ । सिआरपी (सी–रियाक्टिभ प्रोटिन) घटाउँछ, जसकारण रक्तनलीमा फ्याट जम्मा हुन पाउँदैन र रक्तसञ्चार राम्रो हुन्छ ।
दूध, मासु, माछामा नियासिन अर्थात् भिटामिन बी ३ प्रचुर मात्रामा पाइन्छ । यसले राम्रो कोलेस्ट्रोल बढाउँछ र नराम्रो कोलेस्ट्रोल घटाउँछ । लिपो प्रोटिन १०–३० प्रतिशतले घटाउँछ । ब्लडप्रेसर घटाउँछ । मस्तिष्कको कार्यक्षमता बढाउन पनि सहयोग गर्छ । छालामा हुने क्यान्सरबाट जोगाउन भूमिका खेल्छ ।