१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ४ सोमबार
  • Wednesday, 26 June, 2024
२o८o असार ४ सोमबार o८:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

मालपोतको मिलेमतोमा दुई रोपनी जग्गा नक्कली छोरालाई नामसारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार ४ सोमबार o८:४५:oo

मालपोत कार्यालयलगायत निकायको मिलेमतोमा काठमाडौंको कीर्तिपुरस्थित करिब दुई रोपनी जग्गा जग्गाधनीको नक्कली छोराको नाममा नामसारी भएको छ । मृत्यु भएकी व्यक्तिको नाममा रहेको जग्गा नक्कली कागजपत्र खडा गरी मालपोत कार्यालय कलंकीले नक्कली छोरालाई नामसारी गराइदिएको हो । यसरी मालपोतका कर्मचारीको मिलेमतोमा जग्गा हत्याउन खोज्ने मकवानपुर टिस्टुङ घर भएका सतराज गुरुङलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरी घटनाको अनुसन्धान थालेको छ । कीर्तिपुरको साबिक वडा नम्बर ३ स्थित कित्ता नम्बर २०३ मा पर्ने उमादेवी गुरुङको जग्गा सतराजको नाममा नामसारी भएको हो । उमादेवीको २६ भदौ ०७४ मा मृत्यु भएको थियो । मृत्युपछि पनि जग्गा उनकै नाममा थियो । सो कुरा थाहा पाएपछि सतराजले उनी आफ्नो आमा भएको भन्दै नक्कली मृत्युदर्ता तथा नाता प्रमाणित प्रमाणपत्र बनाएका थिए । तिनै कागजपत्र मालपोत कार्यालयमा पेस गरी करिब दुई रोपनी जग्गा गत १८ साउन ०७९ मा आफ्नो नाममा ल्याएका हुन् । 

सो जग्गा बिक्री गर्ने प्रयास गर्दा बल्ल वास्तविक जग्गाधनीले थाहा पाएर प्रहरीमा उजुरी गरे । काठमाडौं अपराध अनुसन्धान कार्यालयले सतराजलाई पक्राउ गरी घटनाको अनुसन्धान थालेको छ । विभिन्न व्यक्ति र निकायको सहयोगमा सतराजले सो जग्गा आफ्नो नाममा ल्याएको अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसीले बताए । प्रहरीले संगठित लिखत किर्ते तथा ठगी मुद्दामा अनुसन्धान अघि बढाएको छ । साथै मालपोत कार्यालयले सो जग्गा रोक्का राखेको छ । 

ad
ad
ad
ad