१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o६:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

डिजिटल नेपाल कन्क्लेभ २०२३ अर्को साता   

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:५४:oo

ह्वावे र आइसिटी फाउन्डेसन नेपाल (आइएफएन)को सहकार्यमा ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ आयोजना हुने भएको छ । ह्वावे नेपालको कार्यालयमा भएको समझदारीपत्रमा ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत ह्वाङ जुन र आइएफएनका अध्यक्ष राजन लम्सालले हस्ताक्षर गरेका छन् ।

कार्यक्रम असार ८ र ९ गते सोल्टी होटेल काठमाडौंमा हुनेछ । ‘डिजिटल्ली सक्षम, सबल नेपाल’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रमले डिजिटल रूपान्तरणका लागि नेपालको क्षमताका साथै त्यससँग सम्बन्धित आवश्यक नीति र तिनीहरूको कार्यान्वयनमा जोड दिनेछ ।

डिजिटल नेपाल कन्क्लेभ २०२३ को प्रि–इभेन्ट अभियानका रूपमा, आइएफएनले नेपालका सातै प्रदेशमा डिजिटल प्रदेश संवाद ४.० पनि आयोजना गरेको छ । डिजिटल नेपाल कन्क्लेभ २०२३ का साथसाथै ह्वावेले उद्यम, दूरसञ्चार र आइसिटी कम्पनीहरूलाई फाइदा पुग्ने अत्याधुनिक प्रविधिहरू र समाधानहरूले आफ्नो प्याभिलियनलाई सुसज्जित गरेर मोबाइल नेपाल कांग्रेस (एमएनसी) आयोजना गर्नेछ ।

ह्वावेले गिगाभर्स इनिसिएटिभ, अल्ट्रा–अटोमेसन स्पिड अप, सेवाका रूपमा इन्टिलिजेन्ट कम्प्युटिङ एन्ड नेटवर्क, भिन्न–भिन्न अपेक्षाकृत मागहरू र एमएनसीका लागि वातावरणीय, सामाजिक तथा सुशासनको विषयवस्तुका रूपमा आफ्नो मार्गनिर्देशिका तय गरेको छ । 

ad
ad