१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ३ आइतबार
  • Monday, 30 September, 2024
२o८o असार ३ आइतबार १o:२८:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मिटरब्याजीको घरमा कालो झन्डा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार ३ आइतबार १o:२८:oo

नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धनगढीका मिटरब्याजी सेख मुनिर खानको घरमा कालो झन्डा र ब्यानर लगाएको छ । खानले मिटरब्याजमा पैसा लगानी गर्दै सम्पत्ति हडपेर कैयौँ व्यक्तिलाई घरबारविहीन बनाएको भन्दै नेकपाले धनगढी– १, पशुपति टोलमा रहेको उनको घरमा शनिबार कालो झन्डा र ब्यानर राखेको हो ।

नेकपा कैलालीका इन्चार्ज प्रकाश मल्लले मिटरब्याजका नाइके खानले थुपै सर्वसाधारणलाई घरबारविहीन बनाएकाले घर ‘कब्जा’ गरिएको बताए । मिटरब्याजपीडितलाई समेत लगेर खानको घरमा झन्डा गाडिएको र पीडितको सम्पत्ति, पैसा फिर्ता नगरे उनीमाथि थप कारबाही गरिने उनले बताए । ‘अहिले घरमा झन्डा मात्र गाडेका छौँ । मिटरब्याजपीडित सर्वसाधारणसहित त्यहाँ पुग्दा मुनिर घरमा थिएनन्,’ इन्चार्ज मल्लले भने, ‘सर्वसाधारणको हडपेको सम्पत्ति र पैसा फिर्ता नगरे, घरमा बस्न थाले थप कारबाही गर्छौँ ।’ मुनिरले सम्पत्ति हडपेको भनेर ३५ जना सर्वसाधारणले पार्टीमा निवेदन दिएको नेकपाले दाबी गरेको छ ।

सर्वसाधारणबाट हडपेको सम्पत्ति र पैसा फिर्ता गर्न पटकपटक आग्रह गर्दा पनि मुनिरले नसुनेको इन्चार्ज मल्लले बताए । प्रहरी, प्रशासन र अदालतको आडमा मुनिरले सर्वसाधारणमाथि ज्यादती गरेको मल्लले आरोप लगाए । ‘मुनिरले अप्ठ्यारो परेकालाई पैसा लगानी गर्दा जमिन बन्धकी राखेर सुरुमै कागज बनाएर सहीछाप गराउने, पछि त्यही कागजका आधारमा मुद्दामामिला गरेर सम्पत्ति हत्याउने गरेका छन्,’ मल्लले भने, ‘प्रहरी र प्रशासनसमेतलाई मिलाएर उनले नागरिकमाथि ज्यादती गर्दै आएका छन् ।’