१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

बर्दिया अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन अभाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:२५:oo

बर्दिया अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन अभाव हुँदा जिल्लावासी मर्कामा परेका छन् । कुकुर, बिरालोलगायतका जनावरले टोकेलगत्तै रेबिज रोगविरुद्धको भ्याक्सिन तीनपटक लगाउनुपर्ने हुन्छ । भ्याक्सिन नलगाई रेबिज रोग सरेमा यो रोगको उपचार सम्भव छैन । तर पनि सरकारले अत्यावश्यक ठानेर निःशुल्क उपलब्ध गराउने भ्याक्सिन अस्पतालमा नहुँदा कुकुर, बिरालोलगायत जंगली जनावरले टोकेर आएका बिरामी भ्याक्सिन नलगाई फर्कन बाध्य छन् । 

बर्दिया अस्पतालमा भ्याक्सिन नहुँदा अन्यत्रै जानुपर्ने बाध्यतामा छन् जिल्लावासी । केही मात्रामा बर्दियाभित्र रहेका नगर अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन लगाउन गरिए पनि पर्याप्त छैन । नगर अस्पतालहरूमा पनि रेबिजविरुद्धको भ्याक्सिन न्यून रहेको स्रोतले बताएको छ । चालू आर्थिक वर्षमा मात्र कुकुरको टोकाइबाट रेबिज सरेपछि पाँचजनाको मृत्यु भएको बर्दिया अस्पतालले जनाएको छ । 

बर्दियामा कुकुरले टोकेको बिरामीको संख्या दिनानुदिन बढ्दै गएको पाइन्छ । तर, अस्पतालमा मागअनुसार भ्याक्सिन आउने गरेको छैन । बर्दिया अस्पतालको तथ्यांकअनुसार चालू आर्थिक वर्षको वैशाखसम्म एक हजार चार सय नौजनाले रेबिजविरुद्ध भ्याक्सिन लगाएका थिए । गत आवमा एक हजार तीन सय ७२ जनाले रेबिजविरुद्धको भ्याक्सिन लगाएको बर्दिया अस्पतालले जनाएको छ । बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेले अस्पतालमा कुकुरले टोकेर  रेबिजविरुद्धको भ्याक्सिन लगाउन आउनेको संख्या बढ्दै गए पनि मागअनुसारको भ्याक्सिन नआउने गरेको बताए ।

ad
ad