१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o६:२९:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

साफ च्याम्पियनसिपको तयारी : नेपाल आज फिलिपिन्ससँग मैत्रीपूर्ण खेल्दै

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:२९:oo

नेपाली राष्ट्रिय टोलीले ६ असारबाट दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिप खेल्दै छ । १४औँ संस्करणसम्म नेपालले साफ च्याम्पियनसिप उपाधि जित्न सकेको छैन । यसबीचमा नेपाल एकपटक फाइनल पुगेको थियो । दुई वर्षअघि माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग एकपक्षीय रूपमा पराजित भएको थियो । साफमा नेपालको उत्कृष्ट प्रदर्शन भनेको त्यही नै थियो । 

साबिक उपविजेता नेपाल यसपटक आफ्नो अधुरो सपना पूरा गर्न चाहन्छ । तर, नेपाली खेलाडीले देखेको सपना पूरा हुन त्यति सहज छैन । यसपटक खेलाडीले थोरै अभ्यास खेल र प्रशिक्षणका साथ भारतको बेंग्लोरमा हुने साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीले तयारीका रूपमा बिहीबार फिलिपिन्सविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै छ । मनिलामा हुने भिडन्तमा नेपालको लक्ष्य तालमेल मिलाउने हुनेछ । 

साथसाथै, नयाँ खेलाडी तथा प्रशिक्षक भिसेन्जोको वास्तविक स्तर परीक्षण पनि यही नै हुन सक्छ । नयाँ खेलाडीले सिनियरसँग अनुभव साट्नेछन् । टोलीका सिनियरले आफ्ना कमी कमजोरी सच्याउनेछन् । इटालियन प्रशिक्षक भिसेन्जोले जिम्मेवारी पाएपछि नेपालको यो नै पहिलो आधिकारिक ठूलो खेल हो । भिसेन्जोको प्रशिक्षणमा नेपालले थ्री नेसन्स कपको उपाधि जितेको थियो । तर, आयोजक नेपालले प्रतियोगितामा फिफा वरीयतामा आफूभन्दा कमजोर प्रतिद्वन्द्वी भुटान र लाओसलाई खेलायो । 

कप्तान किरणकुमार लिम्बूले पुनः एकपटक ‘आर्म ब्यान्ड’ लगाउँदा उनले निकै अनुभवी सिनियर खेलाडीको साथ पाउनेछैनन् । राष्ट्रिय टोलीबाट खेलिसकेका लगभग दुई दर्जनजसो खेलाडी भविष्य बनाउन अस्ट्रेलिया पलायन भएका छन् । अन्तर्राष्ट्रिय म्याचको कम अनुभव बटुलेका नेपाली खेलाडीले फिलिपिन्ससँग खेल्दा महत्वका साथ लिनेछन् । नेपाललाई चुनौती उस्तै छ । ‘साफ च्याम्पियनसिपअघि हामीलाई सहज छैन । फिलिपिन्ससँग खेल्नु झनै कठिन छ,’ प्रशिक्षक भिन्सेन्जोले भने, ‘हामी फिफा वरीयतामा १७४ र फिलिपिन्स १३६ स्थानमा छ ।’ 

तालमेल अभाव
प्रशिक्षक भिन्सेन्जोले मैत्रीपूर्ण र साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय टोली मनिला पु¥याए । टोलीमा लाकेन लिम्बू, सिमन्त थापा र विमल पाण्डेले पहिलोपटक स्थान बनाएका छन् । यसबाहेक पनि सनिस श्रेष्ठ, मणिकुमार लामा, आभास लामिछाने, दीपकराजसिंह ठकुरी, आशिष चौधरी नेपाली टोलीका नयाँ अनुहार हुन् । उनीहरूले आधा दर्जन खेल पनि खेलेका छैनन् । कप्तान किरणसँगै अनन्त तामाङ, देवेन्द्र तामाङ, रोहित चन्द, पुजन उपरकोटी, एरिक विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनीष डाँगी, विमल घर्तीमगर टोलीका नियमित सदस्य हुन् ।

गोलरक्षक दीप कार्की, विशाल श्रेष्ठ, निशान्त खड्का, नवीन लामा भने टोलीमा वेलाबखत स्थान पाउँछन् । कप्तान किरण टोलीमा तालमेलको अभाव रहेको बताउँछन् । ‘नयाँ खेलाडी छन् । अभ्यास राम्रो हुन पाएको छैन । तालमेलको अभाव देख्छु,’ उनले भने । नेपाली टोलीले सहिद स्मारक ए डिभिजन लिग सकिएको दुई दिनपछि नै मनिला प्रस्थान गरेको हो । 
‘जति समय छ, त्यसमा राम्रो गर्ने प्रयास गरेका छौँ, साफ च्याम्पियनसिपअघि हामीले फिलिपिन्ससँग ध्यान दिनुपर्छ,’ लिम्बूले भने, ‘फिलिपिन्समा राम्रो हुँदा साफ च्याम्पियनसिपमा पनि हुन्छ ।’ साफमा नेपालले कुवेतसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ । समूह ‘ए’मा नेपालसँगै आयोजक भारत, पाकिस्तान र आमन्त्रित कुवेत रहेका छन् । 

हेड टु हेडमा फिलिपिन्स बलियो
नेपाल र फिलिपिन्स ६ वर्षपछि प्रतिस्पर्धा गर्दै छन् । हेड टु हेडमा फिलिपिन्स बलियो छ । नेपालले फिलिपिन्ससँगको पछिल्ला चार खेलमा हार र एक खेल बराबरी खेलेको थियो । सन् २०१७ मा भएको पछिल्लो प्रतिस्पर्धा गोलरहित बराबरीमा टुंगिएको थियो । त्यसअघिका लगातार चार खेलमा नेपाल पराजित भयो । सन् १९८२ मा भएको पहिलो भेटमा नेपाल १–० ले विजयी भएको हो । 

नेपाल पछिल्ला चार खेलमा अपराजित 
नेपाली राष्ट्रिय टोली पछिल्ला चार खेलमा अपराजित छ । गत चैतमा नेपालले दशरथ रंगशालामा थ्री नेसन्स कप खेलेको थियो । फाइनल खेलमा लाओसलाई २–१ ले हराउँदै उपाधि जिते पनि यस खेल आधिकारिक मान्यता हैन । त्यसअघि नेपाल चार खेलमा अपराजित छ । भुटानसँग १–१ गोलको बराबरी खेल्यो भने लाओसलाई २–० ले हरायो । यो दुवै खेल प्रशिक्षक भिसेन्जोको प्रशिक्षणमा खेलेको हो । ०७९ असोजमा नेपालले पाकिस्तानलाई १–० ले हरायो । यो मैत्रीपूर्ण खेलमा कार्यवाहक प्रशिक्षक प्रवेश कटवाल रहे । असोजमा प्रदीप हुमागााईं प्रशिक्षक रहँदा नेपालले बंगलादेशलाई ३–१ ले हरायो । अट्याकर अञ्जन विष्टले ह्याट्रिक गरेका थिए । 

ad
ad