१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
२o८१ जेठ ८ मंगलबार o७:११:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

अमेरिका र मेक्सिकोले विश्वकप आयोजना दाबी नगर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o७:११:oo

अमेरिका र मेक्सिकोले सन् २०२७ को फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको आयोजना दाबेदारी नगर्ने भएका छन् । यी दुवै राष्ट्रले मंगलबार दाबेदारीको नाम फिर्ता लिएका हुन् । उनीहरूले अब सन् २०३१ को विश्वकपमाथि दाबी प्रस्तुति गर्ने एजेन्सीले जनाएको छ । विश्वकप आयोजक राष्ट्रको मिति घोषणा हुने दुई साताअगाडि अमेरिका र मेक्सिको पछि हटेका हुन् ।

बैंंककमा १७ मेमा हुने फिफाको कंग्रेस बैठकले आगामी महिला विश्वकप आयोजक राष्ट्रको घोषणा गर्नेछ । अब ब्राजिल, जर्मनी, बेल्जियम र नेदरल्यान्ड्समध्ये एकले विश्वकप आयोजना गर्न अधिकार पाउनेछ । यी चारमध्ये एक राष्ट्रले तीन वर्षपछि हुने महिला विश्वकप आयोजना गर्ने अन्तिम दौडमा उभिएका छन् । अमेरिका र मेक्सिको फुटबल संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै सन् २०३१ को विश्वकपलक्षित भएका कारण तत्काल सन् २०२७ को विश्वकपमा दाबी गर्ने जनाएका छन् । ‘दुवै फुटबल संघले सन् २०३१ को विश्वकप भव्य बनाउन दाबी गर्छौँ, अहिले हामी पछि हटेका छौँ,’ विज्ञप्तिमा भनिएको छ । 

सन् २०२६ मा अमेरिकाले पुरुषतर्फको विश्वकप आयोजना गर्दै छ । पुरुष विश्वकपको तयारी भव्यताका साथ गर्नुपर्ने भएकाले महिलातर्फको विश्वकप आयोजना गर्नबाट पछि हटेको संघको भनाइ छ । ‘सन् २०२६ मा अमेरिकाले पुरुषतर्फको विश्वकप गर्दै छ, हामीहरूको ध्यान नै त्यसमा छ,’ अमेरिकन फुटबल संघले भनेको छ, ‘त्यसमा भएका कमीकमजोरीलाई हामी २०३१ मा पूरा गर्छौँ ।’ अमेरिकाले सात वर्षको महिला फिफा विश्वकप ऐतिहासिक बनाउने अभियानका साथ अगाडि बढेको जनाएको छ । 

‘हामी सम्भवतः सात वर्षपछिको महिला विश्वकपलाई अहिलेसम्मकै उत्कृष्ट बनाउने प्रयासमा हुनेछौँ, त्यसलाई भव्य बनाउन समय चाहिन्छ,’ संघले भनेको छ ।’ सन् २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडाले संयुक्तमा गर्दै छन् । ‘लगातार विश्वकप आयोजना गर्नु कठिन पक्ष हो, यसमा धेरै पक्ष विचार गर्नुपर्छ,’ अमेरिकन फुटबल संघका अध्यक्ष क्यान्डी पार्लो कोनेले भने । 

 युरोपियन राष्ट्रको दाबेदारी
सने २०२० मा युरोपियन राष्ट्रबाट जर्मनी, बेल्जियम र नेदरल्यान्ड्सले सन् २०३१ को महिला फिफा विश्वकप आयोजना गर्न भनी फिफामा दावी गरेका थिए । त्यसपछि ब्राजिलसँगै अमेरिका र मेक्सिकोले पनि विश्वकप आयोजना गर्न इच्छुक देखाएका थिए । अमेरिकाले सन् १९९९ र २००२ मा एकल रूपमा विश्वकप आयोजना गरेको थियो । सन् २०११ मा अमेरिका र जर्मनीले संयुक्त रूपमा विश्वकप गरेका थिए ।

ad
ad