१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ३१ बुधबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ ३१ बुधबार o८:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

उपत्यकाका अग्ला ठाउँमा  पोखरी निर्माण गरिँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ३१ बुधबार o८:५५:oo

काठमाडौं उपत्यकाका अग्ला ठाउँहरूमा पोखरी निर्माण गरिने भएको छ । सुविधासम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले पानी जम्मा गर्न मिल्ने सम्भाव्य ठाउँहरू खोजेर पोखरी निर्माण गर्ने योजना बनाएको हो । 

अग्ला स्थानमा पोखरी निर्माण गर्दा त्यसभन्दा मुनि रहेका होचा ठाउँहरूका पानीका स्रोत नसुक्ने, बागमती, धोबीखोला, विष्णुमतीलगायत सहायक खोला सरसफाइ गर्न र स्वच्छ वातावरण कायम राख्न सहज हुने भएकाले पोखरी निर्माणको योजना अघि बढाएको समितिका अध्यक्ष उद्धव तिम्सेनाले बताए । उनका अनुसार उपत्यकाका विभिन्न स्थानमा एक सय ९८ वटा पोखरी निर्माण गरिनेछ । पोखरीको पानीले बागमती र सहायक नदी सफा गर्न पनि मद्दत पुग्ने अनुमान गरिएको छ ।

यसरी निर्माण गरिएका पोखरीहरूमा बर्खा तथा हिउँदमा पनि पानी आउने मूलको पानी संकलन गरिनेछ । समितिले गुह्येश्वरीमाथि धाप पनि निर्माण गरिसकेको छ । यो योजना सम्पन्न गर्न समितिले सहरी विकास मन्त्रालय तथा उपत्यका विकास प्राधिकरणमा कार्ययोजना पेस गरिसकेको छ । 

ad
ad
ad
ad