मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २९ सोमबार
  • Sunday, 05 January, 2025
२o८o जेठ २९ सोमबार o८:५३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

३५ अर्ब लागतमा बुटवल–चनौटा सडक स्तरोन्नति सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २९ सोमबार o८:५३:oo

विश्व बैंकको सहयोगमा महेन्द्र राजमार्गको बुटवलदेखि कपिलवस्तुको चनौटासम्मको ६९ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति सुरु भएको छ । आइतबार भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राइजरले शुभारम्भ गरेका हुन् ।

विश्व बैंकको २७ करोड ५० लाख अमेरिक डलर अर्थात् करिब ३४ अर्ब ९६ करोड रुपैयाँ सहयोगमा सडक स्तरोन्नति सुरु गरिएको हो । यातायात र व्यापार आबद्धता अभिवृद्धि आयोजना (एक्सेस)ले नेपालमा छनोट गरिएका व्यापारिक करिडोरहरूमा व्यापार, यातायात लागत र पारवहन समय घटाएर व्यापार र आबद्धता (कनेक्टिभिटी) सुधार गर्न मद्दत गर्ने अपेक्षा

छ । सडक स्तरोन्नतिपछि सडक सुरक्षा बढ्नुका साथै सडकमा यात्राको समय ३० प्रतिशतले घटाउने बताइएको छ ।‘एक्सेस आयोजनाले नेपालमा उत्थानशील पूर्वाधारको विकासमा सहयोग पुर्‍याउनेछ,’ मन्त्री ज्वालाले भने, ‘साथै, नेपालका विभिन्न प्रदेशबीच तथा छिमेकी मुलुकहरूसँग यातायात र व्यापार आबद्धता थप सुदृढ गराई आर्थिक सम्भाव्यताको ढोका खुल्नेछ ।’ 

विशेष गरी महिला उद्यमी र व्यापारीहरूका लागि आर्थिक अवसरहरू वृद्धि गर्नमा ध्यान दिँदै यस आयोजनाले राजमार्गमा आवश्यक इन्टरनेट र व्यापार सूचना सुविधासहितका कम्तीमा तीनवटा बजार क्षेत्रहरू निर्माण गर्नेछ । बंगलादेश, भुटान, भारत र नेपालले परस्पर क्षेत्रहरूमा मालसामान र यात्रुवाहक सवारीसाधनको सहज आवतजावत गर्नका लागि हस्ताक्षर गरेको यातायात सम्झौता (मोटर भेहिकल एग्रिमेन्ट) सम्बन्धमा नेपालको पूर्वतयारी तथा कार्यान्वयनमा लागि पनि यस आयोजनाले सहयोग गर्ने बताइएको छ । 

‘थप परिष्कृत यातायात र व्यापार आबद्धता (कनेक्टिभिटी)ले नेपाललगायत दक्षिण एसियाली देशहरूबीचको आर्थिक समायोजनलाई प्रवद्र्धन गर्नेछ,’ विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष राइजरले भने, ‘एक्सेस परियोजनाले बृहत् व्यापार र बजारको मार्ग खोल्नेछ, नेपालमा क्षेत्रीय व्यापार वृद्धि गर्नेछ र दिगो पूर्वाधार विकासमार्फत हरित, उत्थानशील तथा समावेशी विकासलाई सघाउनेछ ।’