१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ २८ आइतबार ०८:१५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एसियाली बिमा सम्मेलन, २०२३ : जलवायु परिवर्तनको असर घटाउन बिमाको दायरा बढाउनुपर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ २८ आइतबार ०८:१५:००

जलवायु परिवर्तनका कारण बिमा क्षेत्रमा परेको असरलाई न्यूनीकरण गर्न बिमाको दायरा बढाउनुपर्नेलगायतका निष्कर्ष गर्दै एसियाली बिमा सम्मेलन सम्पन्न भएको छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपका घटना बढ्दा बिमा क्षेत्रको आर्थिक दायित्व बढ्दै गएको छ । त्यसलाई सन्तुलन गर्न बिमाको दायरा बढाउनुपर्ने प्रारम्भिक निष्कर्ष सम्मेलनले गरेको हो । 

नेपाल बिमा प्राधिकरणको आयोजनामा बिहीबारदेखि काठमाडौंमा सुरु भएको  सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनमा जलवायु परिवर्तनबाट परेको असरबारे व्यापक रूपमा छलफल भएको थियो । नेपाल बिमक संघका अध्यक्ष चंकी क्षेत्रीले बिमाको दायरा बढाउन एकदमै आवश्यक रहेको बताए । ‘जलवायु परिवर्तनबाट पर्ने असरलाई रोक्न सकिँदैन । यसबाट हुने क्षतिलाई आर्थिक रूपमा न्यूनीकरण गर्ने मात्रै हो,’ उनले भने । जलवायु परिवर्तनबाट हुने असरलाई न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय अभ्यासहरूलाई पनि अवलम्बन गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।

यस्तै, बिमा कम्पनीहरू जोखिममा आधारित पुँजीमा जानुपर्ने, सेवालाई राम्रो बनाउन प्रविधिको प्रयोग बढाउनुपर्नेलगायतका निष्कर्ष सम्मेलनले गरेको छ । सम्मेलनमा बिमा नेपाललगायत भारत, बंगलादेश, श्रीलंका, भुटान, कम्बोडिया, इन्डोनेसिया, माल्दिभ्स, थाइल्यान्ड, मकाओ, जोर्डन, मलेसिया, फिलिपिन्स, सिंगापुर, जापानलगायत २० देशका बिमा क्षेत्रका बिमा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता थियो ।  

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले सम्मेलन नेपाली बिमा क्षेत्रको प्रवद्र्धनमा निकै महŒवपूर्ण भएको बताए । उनले भने, ‘यसले नेपाली बिमा क्षेत्रको प्रवद्र्धन र विकासमा ठूलो सहयोग पुग्ने विश्वास छ ।’ समापन समारोहमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले जलवायु परिवर्तनका कारण बिमा क्षेत्रमा अवसरसमेत आएको बताए । ‘जलवायु परिवर्तनका कारण चुनौती मात्र आउने नभई यसबाट बिमा क्षेत्रमा अवसरसमेत सिर्जना हुने भएको छ । तसर्थ, यस अवसरबाट लाभ लिनका लागि सम्बद्ध सबैले सामूहिक रूपमा कार्य गर्नुपर्ने आवश्यकता छ,’ उनले बताए ।