मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २४ बुधबार
  • Monday, 17 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २४ बुधबार १७:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारले जनताको हितलाई प्राथमिकतामा राख्न सकेन : वामदेव गौतम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २४ बुधबार १७:२४:oo

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकारले बजेटमा जनताको हितलाई प्राथमिकतामा राख्न नसकेको बताएका छन्। 

बुधबार राष्ट्रिय सभाको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०८०/८१ को बजेटबारे छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।

उनले सरकारले ४ करोड कित्तामा विभाजित कृषि भूमिलाई तीव्रगतिमा विभाजित गरी कित्ताकाटलाई तुरुन्त लागू गर्ने उल्लेख गर्नु नै वर्तमान सरकार जनताको हितमा ध्यान दिनबाट चुकेको छ भन्ने कुराको पुष्टि हुने बताए। 

उनले कृषि उत्पादन तथा व्यावसायीकरण र औद्योगीकरण प्राथमिकतामा पर्नुपर्ने बताए। उनले बजेटले कृषि क्षेत्रमा रहेका जनताको दयनीय अवस्था देख्न नसकेको आरोप लगाए। 

गौतमले सरकारले ल्याएको बजेटले एक वर्षपछि नेपाली जनतालाई निराश तुल्याउनेबाहेक अन्य काम गर्न नसक्ने दाबी गरे।