मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ २४ बुधबार
  • Friday, 14 August, 2026
२o८o जेठ २४ बुधबार o८:४९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

टी–२० नेत्रहीन महिला क्रिकेट खेलाडीलाई १० हजार पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २४ बुधबार o८:४९:oo

टी-२० नेत्रहीन महिला क्रिकेट शृंखलाको विजेता नेपाली खेलाडीले जनही १० हजार पुरस्कार पाएका छन् । गत वैशाखमा पोखरा र काठमाडौंमा दोस्रो संस्करणको नेपाल-भारत द्विपक्षीय खेल सम्पन्न भएको थियो ।

नेत्रहीन क्रिकेट संघ नेपालको आयोजनामा वैशाख १२ देखि १७ गतेसम्म चलेको शृंखलाअन्तर्गत पोखरामा दुई र काठमाडौंमा तीन गरी पाँच खेल सम्पन्न भएका थिए ।  शृंखलामा नेपाली नेत्रहीन महिला क्रिकेट टोलीले भारतलाई पराजित गरेको थियो ।

सोही जितसँगै नेपाली खेलाडीलाई थप हौसला तथा प्रोत्साहन प्रदान गर्न नेत्रहीन क्रिकेट संघ नेपालले टोलीमा सहभागी १५ जना खेलाडीलाई प्रतिखेलाडी १० हजारका दरले नगद पुरस्कार प्रदान गरेको संघका अध्यक्ष पवन घिमिरेले जानकारी दिए । 

पुरस्कार पाउने खेलाडीमा कप्तान भगवती भट्टराई, उपकप्तान गीता पौडेल, प्रतिभा राई,  रिता थापा, मुना अर्याल, माया लुंगेली, सुस्मा तामाङ, मनकेशरी चौधरी, कान्ति योगी, सरिता घिमिरे, बनिता मगर सोमाई, दिल्लीसरा धमला, विनिता पुन, निशा चौधरी र विमला राई रहेका छन् ।