१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २२ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २२ सोमबार १२:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसदमा प्रधानमन्त्रीको प्रस्टीकरण- सीमाबारे मैले कुनै विकल्पको कुरा गरेको छैन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २२ सोमबार १२:३४:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली भूमि नेपालको हो भन्ने स्थापित गर्ने कुरा सबैभन्दा ठूलो भएको बताएका छन्। 

सोमबारको प्रतिनिधिसधाको बैठकमा सांसदले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले भारत भ्रमणका क्रममा भूमिसम्बन्धी कुनै विकल्पबारे आफूले कुनै कुरा नगरेको बताएका हुन्। 

उनले भने, ‘सीमा समस्या समाधान गर्ने हेतुले कुरा गरेको छु। बिगार्ने हेतुले होइन। राम्रो भएकोमा राम्रो भयो भन्ने आँट गरौँ न। कामकाजी भ्रमण भयो। सीमा समस्या हल गर्ने कुरा हो। मैले योबाहेक केही गरेको छैन। मेरो यो प्रस्ताव होइन। नेपालको भूमि नेपालको हो भन्ने स्थापित हुनुपर्छ भन्ने हो। मैले विकल्पको कुनै कुरा गरेको छैन।’

उनले आफ्रनो भ्रमण राजनीतिक मामिलामा कुरा भए पनि आर्थिक क्रियाकलापलाई नयाँ उचाइमा पुर्‍याउनका लागि, उत्पादन वृद्धिका लागि भएको बताए। उनले भने, ‘मेरो भ्रमणलाई सबैले बधाई दिनेछन् भन्ने सोच्दै आएको थिएँ। तर, यहाँ त कुरा उल्टो भएछ। देखिएको, बुझिएको कुरामा घुमाउने कोसिस नगरौँ।’