१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
विदुर पौडेल सिन्धुली
२०८० जेठ १९ शुक्रबार २१:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनकोसीमा स्कारपियो खस्दा बेपत्ता कर्मचारी खोज्न गोताखोर परिचालन, भोलि बिहानबाट पुनः खोजी गरिने

Read Time : < 1 मिनेट
विदुर पौडेल, सिन्धुली
२०८० जेठ १९ शुक्रबार २१:४१:००

मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनमा आज भएको दुर्घटनामा परेर हराइरहेकाहरू अझै फेला परेका छैनन् । 

प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को स्कारपियो गाडी सुनकोसी नदीमा खस्दा तीन कर्मचारी बेपत्ता भएका छन् । 

गाडी र बेपत्ताको खोजीका लागि आज काठमाडौंबाट गोताखोरको टोली परिचालन गरिए पनि अवस्था पत्ता नलागेपछि खोजबिन स्थगित गरिएको छ । भोलि बिहानैबाट खोजीकार्य अघि बढाइने प्रहरीले जनाएको छ । 

भक्तपुरको सानोठिमीबाट खोटाङतर्फ जाँदै गरेको बिएबी ७४६७ नम्बरको स्कारपियो गोलन्जोर गाउँपालिका– ७ को लौकुनबाट सुनकोसी नदीमा खसेको हो । बेपत्ता भएका तीनजना कर्मचारी अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले बताए । 

तनहुँ भानु नगरपालिका– ९ स्थायी ठेगाना भई सिटिइभिटीका सहसचिव कृष्णबहादुर केसी, पूर्वी नवलपरासी प्रगति नगरपालिका– ७ स्थायी ठेगाना भएका योजना महाशाखाका निर्देशक यमप्रसाद भुर्तेल र इलाम घर भई विद्युत् प्रशिक्षक पदमा कार्यरत भानु पौडेल बेपत्ता भएका हुन् । चालक कृष्णबहादुर चौधरी पौडिएर निस्कन सफल भएका थिए ।

चालकको भनाइ उद्धृत गर्दै दाहालले बताएअनुसार गाडीको ब्रेक फेल भई भित्तातर्फ लगेको भए पनि भित्ताबाट पुनः गाडी अनियन्त्रित भई नदीमा खस्न पुगेको हो ।