मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ १३ शनिबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८o जेठ १३ शनिबार १२:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन उपसभामुखको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ १३ शनिबार १२:o१:oo

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सबै महिलाहरूलाई निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन सरकारसँग आग्रह गरेकी छिन्। शनिबार एक्सपोज नेपालले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपसभामुख रानाले सेनिटरी प्याडको आवश्यक व्यवस्था मिलाउन छुट्टै राष्ट्रिय योजना, कार्यक्रम र बजेट हुनुपर्ने बताएकी छिन् ।

त्यस अवसरमा उनले महिला सांसदहरूका लागि संघीय संसद् भवनमै सेनिटरी प्याडको व्यवस्था गर्न लागिपर्नेसमेत बताइन्। उपसभामुख रानाले सबै विद्यालयहरूमा पनि सो प्याडको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन् । उनले महिलाहरूलाई हिंसा सहेर नबस्न पनि पटकपटक आग्रह गरिन् । 

आजको युगमा आएर पनि नेपालमा महिला हिंसाको घटना नघटेकाले त्यसको विरुद्ध महिलाहरूले आवाज उठाउनुपर्ने उपसभामुख रानाको भनाइ थियो ।

उपसभामुख रानाले महिलाहरूको क्षेत्रमा धेरै राम्रो काम गरेको भन्दै एक्सपोज नेपालको प्रशंसा पनि गरिन् ।