१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ८ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ ८ सोमबार १८:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नीति तथा कार्यक्रम विगतको असफल कार्यक्रमहरूको निरन्तरता मात्रै : रास्वपा सांसद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ८ सोमबार १८:२९:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम विगतको असफल कार्यक्रमहरूको निरन्तरता मात्रै भएको बताएका छन्।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। नीति तथा कार्यक्रममाथि संसदमा सत्तापक्ष र प्रतिपक्षबीच जिम्मेवारपूर्ण बहस नभएको सांसद परियारले बताए।

‘नीति तथा कार्यक्रम विगतको असफल कार्यक्रमहरूको निरन्तरता मात्र हो। त्यसमा पनि यो खालको बहस, यसले असाध्यै कायापलट गर्नेखालको भन्ने सत्तापक्षीय बहस। अर्को यसले केही पनि गर्दैन, यो एउटा कर्मकाण्ड मात्रै हो भन्ने प्रतिपक्षको बहस। यो अलि जिम्मेवारपूर्ण भएन,’ उनले भने।