मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख ३१ आइतबार ०६:५६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विज्ञापन बोर्डमा आनको धर्ना जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख ३१ आइतबार ०६:५६:००

सरकारले प्रस्ताव गरेको विज्ञापनमा एकद्वार नीतिको विरोध गर्दै नेपाल विज्ञापन संघ (आन)ले विज्ञापन बोर्डमा धर्ना जारी राखेको छ । २७ वैशाखमा शृंखलाबद्ध आन्दोलन घोषणा गरेको आनले बोर्डमा धर्ना दिँदै आएको हो ।

विरोेधको कार्यक्रम घोषणा गर्दै आनका अध्यक्ष सोमप्रसाद धितालले विज्ञापन बोर्डको गलत क्रियाकलापका लागि आन्दोलन सुरु गरेको बताएका थिए । आइतबार पनि बोर्डमा धर्ना जारी राखेको आनले जनाएको छ । धर्ना कार्यक्रममा विभिन्न संघ–संस्थाले एकबद्धता जनाएको आनको दाबी छ । संघका अध्यक्ष धितालले धर्ना निरन्तर गर्ने र सरकारले नसुनेमा आन्दोलनको स्वरूप थप कडा हुने बताए । 

यसअघि आनले विज्ञापन बोर्डमार्फत विज्ञापन बाँड्ने एकद्वार नीति लागू गर्ने, विज्ञापन वितरणमा एजेन्सीको भूमिका नराख्ने, बोर्डमा संघको संस्थागत प्रतिनिधित्व नहुनेलगायतका विषयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।