Skip This
खाणले घरबाट बरामद भएको गोप्य कागज इन्स्पेक्टरको हातबाट खोसे, चपाए र निले 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ३० शनिबार
  • Monday, 08 July, 2024
नवराज मैनाली काठमाडाैं
२o८o बैशाख ३० शनिबार o५:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

खाणले घरबाट बरामद भएको गोप्य कागज इन्स्पेक्टरको हातबाट खोसे, चपाए र निले 

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८o बैशाख ३० शनिबार o५:५o:oo

भुटानी शरणार्थीका नाममा भएको ठगीमा संलग्नता देखिएपछि कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्न गएको प्रहरी टोलीले मैजुबहालस्थित उनको घरमा खातलासी पनि गरेको थियो । त्यसक्रममा एउटा गोप्य कागज बरामद भएको थियो । तर, एकछिनमै प्रहरीको हातबाट खोसेर खाणले त्यो कागज चपाएर निलिदिएका थिए । 

जिल्ला प्रहरी परिसरबाट खटिएकाे टाेलीले खानतलासी गर्ने क्रममा खाणका भान्सेको साथबाट एक पत्र बरामद गरेका थिए । त्यो पत्र खाणले भान्सेमार्फत कसैलाई दिन खोजेका थिए, जसमा ठगी प्रकरणसँग सम्बन्धित विषय भएको स्रोत बताउँछ । त्यो पत्र आफूविरुद्धको बलियो प्रमाण हुने थाहा पाएपछि खाणले खोसेर चपाएको प्रहरीको आकलन छ । त्यस विषयमा प्रहरीले भान्सेको समेत कागज गराएको छ । ‘त्यो कागज हातमा लिएर उहाँ (खाण)लाई गाडीमा हाल्ने प्रयासमा थियाैँ , त्यही मौकामा खोसेर चपाएर निलिदिनुभयो,’ खाणलाई पक्राउ गर्न गएका परिसरका एक प्रहरीले भने ।

खाणले अहिले थुनामा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई सो कागज दिन खोजेको सूचना प्रहरीले पाएको छ । सुरुमा पाण्डेले इन्कारी बयान दिएका थिए । तर, पछि उनको मोबाइलमा आर्थिक लेनदेनका कुराकानी भेटिएपछि पैसा लिएको स्वीकार गर्दै आफ्ना लागि नभई तत्कालीन गृहमन्त्री खाणका लागि लिएको ततिम्बा (पूरक) बयान दिएका छन् । भाग्न सक्ने तथा प्रमाण नष्ट गर्न सक्ने आकलनकै कारण प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी नगराई जरुरी पक्राउ पुर्जी दिएर खाणलाई पक्राउ गरेको थियो । ‘आफूविरुद्ध पक्राउ पुर्जीको प्रक्रिया अघि नबढेको विषयमा एक–एक अपडेट प्रहरीबाट लिइरहेका रहेछन्,’ प्रहरी स्रोत भन्छ, ‘अदालतबाट पहिले नै पुर्जी जारी भएको भए उनलाई पनि समाउन गाह्रो हुने रहेछ ।’ 

पक्राउ पुर्जीको सूचना चुहिएकै कारण पूर्वउपप्रधानमन्त्री तथा एमाले सांसद टोपबहादुर रायमाझी फरार छन् । एक साताअघि आफैँ प्रहरीमा उपस्थित भएर सघाउने भन्दै उनले पक्राउ नगरिदिन आइजिपी वसन्तबहादुर कुँवरलाई फोन गरेर आग्रह गरेका थिए । सोहीअनुसार कुँवरले मातहतका प्रहरीलाई ‘सांसद भएकाले त्यति सुविधा दिन’ भन्दै पक्राउ गर्न गएको प्रहरी टोलीलाई फर्काएका थिए । त्यसपछि प्रहरीले रायमाझीलाई निगरानीमा समेत राखेन । त्यसको फाइदा उठाउँदै उनी फरार भए । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का तत्कालीन सल्लाहकार रहेका इन्द्रजित राईका छोरा नीरज पनि फरार छन् । 
*(यस समाचारमा यसअघि इन्सपेक्टर राजन लामाको नाम पर्न गएकाले क्षमायाचनासहित सच्चाइएको छ । सं.)

 

ad
ad
ad
ad