नेपालबाट भारततर्फ तस्करी हुन लागेको सात लाखबराबरको लाइटर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका सीमावर्ती क्षेत्रबाट लाइटर बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणले दोधारा चाँदनी नगरपालिका–३, पूर्णगिरि क्षेत्रबाट तस्करीका लाइटर बरामद गरेको जनाएको छ ।
कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक(एसपी) खगेन्द्रबहादुर चन्दले नेपालबाट तीन भारतीय मोटरसाइकलमा भारततिर तस्करी गरिरहेको अवस्थामा सात लाखबराबरका लाइटर बरामद गरेको बताए।
देवीस्थान गुल्म र बडवाल टोलबाट खटिएको सशस्त्र प्रहरीको टोली देखेपछि तस्कर समूहले मोटरसाइकलमै समान छाडेर भागेका थिए।