मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ११ बिहीबार
  • Friday, 27 December, 2024
२o८१ पौष ११ बिहीबार १७:१९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एनपिएलमा विजेता र उपविजेता सेख दाजुभाइलाई गृहजिल्लामा सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ११ बिहीबार १७:१९:oo

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधि चुम्ने जनकपुर बोल्ट्सका टिम सदस्य आसिफ सेख र उपविजेता बन्ने सुदृरपश्चिम रोयल्स टिम सदस्य आरिफ सेखलाई उनीहरूको गृहजिल्ला पर्सामा नगदसहित प्रशंसापत्रले सम्मान गरिएको छ।

हालै सम्पन्न भएको एनपिएलमा वीरगन्ज महानगर–१२ मुर्ली नयाँटोलका सेख दाजुभाइ फरक–फरक टिमबाट सहभागी थिए। वीरगन्ज–१० कार्यालयद्वारा आज यहाँ आयोजित कार्यक्रमा दुवै खेलाडीलाई जनही ५१ हजार नगदसहित प्रशंसापत्रले सम्मान गरिएकोे हो। वीरगन्ज–१० का वडाध्यक्ष सुशील साह कानुले वीरगन्जको प्रतिनिधित्व गर्दै दुवै खेलाडीले एनपिएलमा उत्कृष्ट प्रर्दशन गर्दै वीरगन्जको नाम राख्न सफल भएको बताए।

‘दुवै खेलाडीले वीरगन्जको नाम मात्र गर्वले उच्च बनाउनुभएको छैन, आगामी दिनमा युवापुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न प्रेरणा पनि दिनुभएको छ,’ उनले भने, ‘आगामी दिनमा दुवै खेलाडीले अझ ठुलो सफलता होस् भन्ने शुभकामना दिन चाहन्छु। वीरगन्जलाई खेलकुदको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रयासमा म जहिले पनि साथ दिन तयार छु।’

जनकपुर बोल्ट्सका टिमका सदस्य आसिफले यस्ता खालका सम्मानले खेलाडीलाई थप उत्साह थप्ने बताए। त्यस्तै, सुदूरपश्चिम रोयल्स टिमका सदस्य आरिफले आगामी दिनमा खेललाई अझै निखार्दै उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरे ।