१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २८ बिहीबार
  • Saturday, 10 May, 2025
२o८o बैशाख २८ बिहीबार १२:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नक्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २८ बिहीबार १२:४६:oo

ललितपुरस्थित नक्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन्। एक हजार दुई सय क्षमताको कारागार भए पनि हाल पुर्पक्षका लागि थुनामा राखिएको र जेल चलान भएका गरी एक हजार पाँच सय सात छन्। 

क्षमताभन्दा बढी भए तापनि हाललाई अन्य कारागारको जस्तो नक्खु कारागारमा व्यवस्थापनको समस्या नरहेको कारागार प्रशासक कल्पना घिमिरेले जानकारी दिइन्।

उनका अनुसार आगामी दिनमा हालको संख्याभन्दा बढी कैदीबन्दी थपिएमा व्यवस्थापनमा समस्या हुन सक्नेछ। हाल नक्खु कारागारमा ६ सय ९५ पुर्पक्षका लागि थुनामा राखिएकामा ४५ विदेशी नागरिक  छन्। 

त्यसैगरी, आठ सय १२  कैदीबन्दीमध्येमा ५७ विदेशी नागरिक  छन्। कैदीबन्दी रिहाइ हुने र अदालतको फैसलाअनुसार चलान हुने भएकाले यो संख्या प्रत्येक दिन फेरबदल हुने कारागार कार्यालयका अधिकृत मुरारी कार्कीले जानकारी दिए।  

हाल कारागारमा तीन  ब्लक  छन् । पुर्पक्षका लागि थुनामा राखिएका र अदालतको फैसलापछि जेल चलान भएकालाई छुट्टाछुट्टै ब्लकमा राखिएको छ। 

कारागार प्रशासक कल्पना घिमिरेका अनुसार सिआर  र डिआर ब्लक राणाकालीन संरचना भएकाले ती दुई ब्लकलाई केही मर्मत गरेर यथावत् राखिएको छ भने नयाँ ब्लक पूर्ण रूपमा नयाँ तरिकाले निर्माण गरिएको छ। 

कारागारमा ३२ प्रकारका घटनामा आधारित कैदीबन्दीमध्येमा सबैभन्दा बढी जबर्जस्ती करणी र लागुऔषधसँग सम्बन्धित कैदीबन्दी रहेको कार्यालय प्रशासक घिमिरेले जानकारी दिइन्।  

उनले भनिन्, ‘कैदीबन्दीका लागि विभिन्न सीपमूलक तालिमको व्यवस्था छ। कारागारमा पढ्नका लागि करिब सात हजारभन्दा बढी पुस्तकसहितको पुस्तकालय छ। पढ्न चाहनेले कारागारबाट नै स्नातकोत्तर गर्नेसमेत व्यवस्था छ।’ 

कारागारभित्र खेलकुदलगायत अन्य विभिन्न सेवासुविधा सरकारले उपलब्ध गराउँदै आएको र कैदीबन्दी बिरामी परेमा उपचारको व्यवस्था रहेको प्रशासक घिमिरेले बताइन्।