मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २४ आइतबार
  • Thursday, 19 December, 2024
२o८o बैशाख २४ आइतबार १८:१o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

‘हिमालयन एक्सट्राई’ ट्रायाथलनको उपाधि पिटर र तारालाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २४ आइतबार १८:१o:oo

दोस्रो संस्करणको ‘हिमालयन एक्सट्राई’को उपाधि चेक रिपब्लिकका पिटर भाब्रोसेक र अमेरिकाकी तारा मिरान्डा पार्सोन्सले जितेका छन्।

विश्वमै कठिन मानिने ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइथलन’अन्तर्गत‘ हिमालयन एक्सट्राई’को पुरुषतर्फ पिटर र महिलातर्फ ताराले उपाधि हात पारेका हुन्। हिमालयन एक्सट्राइको आयोजना तथा नेपाल ट्रायथलन संघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा निर्धारित ३.८ किलोमिटर पौडी, १७५ किलोमिटर साइक्लिङ र ४० किलोमिटर दौड पुरुषतर्फ पिटरले १६ घण्टा ५१ मिनेट १९ सेकेन्ड र महिलातर्फ मिरान्डाले १८ घण्टा २० मिनेट ५४ सेकेन्डमा पूरा गरेका हुन्।

पुरुषतर्फ निर्धारित दूरी १७ घण्टा ५८ मिनेट ८ सेकेन्डमा पार गर्दै इटालीका जिओभानी बोर्टोलासो दोस्रो र १८ घण्टा ३४ मिनेट १२ सेकेन्डमा दूरी पार गर्दै रसियाका इलिया बब्लिक तेस्रो भए।

महिलातर्फ १९ घण्टा ४९ मिनेट १९ सेकेन्डमा दूरी पार गर्दै फ्रान्सकी बेनेडिक्ट पेरोन दोस्रो र चेक रिपब्लिककी भेरोनिका मर्चेन्ट २४ घण्टा २८ मिनेट २५ सेकेन्ड दूरी पार गर्दै तेस्रो भइन्।

आयोजक एक्सट्राईका रेस डाइरेक्टर रक्की योन्जनका अनुसार प्रतियोगितामा अमेरिका, अस्ट्रेलिया, चेक रिपब्लिक, इस्टोनिया, बेलायत, नेदरल्यान्ड, ग्रिस, रसिया, बंगलादेश, भारतलगायत २२ देशका ३१ पुरुष र पाँच महिला खेलाडीको सहभागिता रहेको थियो। सहभागी ३६ मध्ये २७ जनाले दूरी पूरा गरेका थिए।

अघिल्लो संस्करणमा दुई नेपाली खेलाडीले सहभागिता जनाए पनि यस वर्ष नेपालका खेलाडीहरूले सहभागिता जनाएनन्। गत वर्ष सम्पन्न पहिलो संस्करणमा नेपालका तर्फबाट सन्तोष राई र सशस्त्र प्रहरीकी सोनी गुरुङले प्रतियोगितामा भाग लिएका थिए।