सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पोखराको लेकसाइडमा रहेको हिमालयन फ्रन्टटायर्स प्याराग्लाइडिङ प्रालिसँग बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारी गरेको छ । सिटिजन्स बैंकका कार्डवाहक ग्राहकले प्याराग्लाइडिङमा १५ प्रतिशतसम्मको छुट पाउने समझदारी भएको हो ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने बैंकले विश्वास व्यक्त गरेको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको उललेख गरेको छ ।
बैंकले हाल देशभरमा एक सय ८२ शाखा, एक सय ३९ एटिएम तीन विस्तारित काउन्टरका साथै ९७ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।