मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o बैशाख २१ बिहीबार
  • Monday, 31 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८o बैशाख २१ बिहीबार ११:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निजामती कर्मचारीद्वारा सिंहदरबारमा सांकेतिक धर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o बैशाख २१ बिहीबार ११:o९:oo

निजामती कर्मचारीहरूले सिंहदरबारमा सांकेतिक धर्ना दिएका छन् । बिहीबार संघीय निजामती कर्मचारी सेवा ऐनको माग गर्दै निजामती कर्मचारीहरूले सिंहदरबारको दक्षिण गेटमा सांकेतिक धर्ना दिएका हुन् । उनीहरूले संघीय निजामती ऐन जारी नगरे वैशाख २४ गतेबाट आन्दोलन झनै चर्काउने चेतावनी दिएका छन् ।

उनीहरूले २४ गतेसम्म पनि सरकारले आफूहरूका मागलाई चासो नदिए सिंहदरबारको काम ठप्प बनाउने र देशभर आन्दोलन गर्ने चेतावनी दिए । धर्ना कार्यक्रममा बोल्दै नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष प्रभात साहले संघीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दा सरकारले बेवास्ता गरेकाले बाध्यतावश विरोधमा उत्रिनुपरेको बताए । उनले संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन, स्थानीय निजामती सेवा ऐन जारी गर्न सांकेतिक रूपमा आन्दोलन गरेको बताए ।

उनले भने, ‘देश संघीयतामा गइसकेपछि हरेकले आफ्ना–आफ्ना कानुन पाए, त्यसअनुसार चले । स्थायी सरकारका रूपमा चिनिएका निजामती कर्मचारी ऐन बन्न पाएन, संघीय निजामती सेवा ऐन तत्काल जारी गर् भनेर पटकपटक हामीले माग गर्दा कहिले प्रेस विज्ञप्ति निकाले र के गर्ने जस्ता कुराहरू आए, हामी नेपाल सरकारको ध्यानाकर्षण गराएर थाकिसकेपछि  हिजो मात्रै प्रधानमन्त्री, सामान्य प्रशासन, कानुन, अर्थमन्त्रीलाई हामीले संघीय निजामती ऐनअनुसार समायोजनको कानुन बनाउन आग्रह गरेका थियौँ, संघीय निजामती ऐन नबन्दा धेरै समस्या भएको छ । हामीले संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन, स्थानीय निजामती सेवा ऐन जारी गर्न सांकेतिक रूपमा आन्दोलन गरेका हौँ । कर्मचारीहरू प्रवेश नगरी सांकेतिक आन्दोलन गरेका हौँ । यो कुरा सरकारले मानेन भने २४ गते फेरि बैठक बसेर कडा आन्दोलन गर्नेछौँ । आवश्यक परे हामी देशभर आन्दोलनको आह्वान गर्दछौँ । सिंहदरबार नै ठप्प गर्ने गरी हामी आन्दोलन गर्नेछौँ ।’

यसअघि पनि निजामती कर्मचारीहरूले संघीय निजामती ऐन जारी गर्न माग गर्दै विभिन्न चरणमा सांकेतिक विरोध जनाउँदै आएका थिए ।