१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १७ आइतबार
  • Saturday, 29 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १७ आइतबार o८:११:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

 लङजम्पमा सुदीपको कीर्तिमान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १७ आइतबार o८:११:oo

छात्रको लङजम्पमा सुदीपले ६.८४ मिटर जम्प गर्दै आफ्नै नाममा रहेको ६.६४ मिटरको कीर्तिमान सुधार गरे

लुम्बिनीका सुदीप थारूले १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको लङजम्पमा शनिबार जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । छात्रको लङजम्पमा सुदीपले ६.८४ मिटर जम्प गर्दै आफ्नै नाममा रहेको ६.६४ मिटरको कीर्तिमान सुधार गरेका हुन् । लुम्बिनीले छात्र ४ गुणा १ सय मिटर रिलेमा पनि जुनियर राष्ट्रिय कीर्तिमान कायम गर्‍यो । लुम्बिनी प्रदेशका तुलसीराम थारूले छात्र तथा कर्णाली प्रदेशकी सरिता खड्काले छात्रा ४ सय मिटर दौडमा स्वर्ण जिते । तुलसीले निर्धारित दूरी ५१.३ सेकेन्डमा पूरा गरे । सरिताले निर्धारित दूरी तय गर्न १ मिनेट ०३.२ सेकेन्ड समय लगाइन् । 

सरिता ८ सय मिटर दौडमा पनि स्वर्ण जित्न सफल भइन् । सरिताले निर्धारित दूरी २ मिनेट ३०.७ सेकेन्डमा तय गरिन् । छात्र ८ सय मिटर दौड २ मिनेट ०१.८ सेकेन्डमा सकाउँदै लुम्बिनीका विकास विक पहिलो भए । राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगिताअन्तर्गत ४ गुणा १०० मिटर रिलेको छात्रामा लुम्बिनीले स्वर्ण चुम्यो । ज्याभ्लिन थ्रोमा रवि चौधरी (५१.८४ मिटर) पहिलो भए । छात्राको लङजम्पमा रेसु थारू ((४.९१ मिटर) तथा ज्याभ्लिन थ्रोमा दिव्यकला थारू पहिलो भए । 

एकल कातामा सूर्य र सन्जु पहिलो
प्रतियोगिताअन्तर्गत कराँतेमा कोसीका सूर्यचन्द्र राईले छात्र एकल कातामा स्वर्ण जितेका छन् । सोही स्पर्धाको छात्रामा बागमतीकी सन्जु देसारले स्वर्ण र मधेसकी सुजिता परियारले रजत हात पारेका छन् । छात्र ५२ केजीमा कोसीका अंकित राईले स्वर्ण जिते । अंकितले फाइनलमा बागमतीका करण चौधरीलाई पराजित गरे । छात्रा ४० केजीमा बागमतीकी प्रमिला पाख्रिनले फाइनलमा बागमतीकै अनु मोक्तानलाई हराउँदै स्वर्ण जितिन् । छात्रा ४५ केजीमा गण्डकीकी अपेक्षा थापाले पहिलो स्थान हात पारिन् । अपेक्षाले फाइनलमा बागमतीकी सन्जु देसारलाई हराइन् । 

उसुमा एलिस शीर्ष 
उसुको छात्रतर्फ नान छ्वानमा कोसीका एलिस मरिक पहिलो भएका छन् । उनले बागमतीका सुमन तामाङलाई निराश पार्दै स्वर्ण हात पारेका हुन् । सो स्पर्धाको छात्रामा बागमतीकी ममता सुनुवारले स्वर्ण जितिन् । सुदूरपश्चिमकी छात्रा छाङ छ्वानमा मारिया राई पहिलो भइन् । छात्र थाइची छ्वानमा सुदूरपश्चिमका शिरीष श्रेष्ठ प्रथम भएका छन् । 

ad
ad
ad
ad