१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १५ शनिबार
  • Monday, 01 July, 2024
२o८१ असार १५ शनिबार १६:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

केन्यामा सरकारविरोधी प्रदर्शनमा ३० को मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १५ शनिबार १६:o८:oo

पूर्वी अफ्रिकी देश केन्यामा कर वृद्धि गर्ने सरकारी अभियानको विरोधमा यस साता भएको विरोध प्रदर्शनमा कम्तीमा ३० जनाको मृत्यु भएको ह्युमन राइट्स वाचले शनिबार बताएको छ।

केन्याली सुरक्षा बलले सन् २०२४ जुन २५ मा प्रदर्शनकारीहरूको भिडमा सीधै गोली हानेका र यसमा भागिरहेका प्रदर्शनकारीको पनि मृत्यु भएको अधिकारवादी समूहद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

ह्युमन राइट्स वाचका सहयोगी अफ्रिका निर्देशक ओत्सिनो नाम्बायाले प्रदर्शनकारी भाग्न खोज्दा औचित्यविना भिडमा सीधै गोली चलाउनु केन्या र अन्तर्राष्ट्रिय कानुनअन्तर्गत पूर्ण रूपमा अस्वीकार्य भएको जनाए। 
(रासस/एएफपी)

ad
ad
ad
ad