१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नवीन अर्याल काठमाडौं
२o८१ बैशाख २२ शनिबार २२:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

फ्लाई दुबईको जहाज भारतीय आकाशबाट पनि अघि बढ्यो

Read Time : < 1 मिनेट
नवीन अर्याल, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २२:४८:oo

लेफ्ट इन्जिनमा आगलागी भएपछि आकस्मिक अवतरणको प्रयासमा रहेको फ्लाई दुबईको जहाज भारतीय आकाशबाट पनि अघि बढेको छ ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केहीबेरमै विमानको लेफ्ट इन्जिनमा आगो लागेको थियो । 

त्यसक्रममा विस्फोट भएजस्तै ठूलठूलो आवाज सुनिएको थियो भने आगोको लप्का देखिएको थियो । 

तर, ककपिटमा रहेको एयरक्राफ्ट प्यारामिटर चेकजाँच गर्दा समस्या नदेखिएकोले जहाज गन्तव्यतर्फ प्रस्थान गरेको टिआइएका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

डबल इन्जिन भएको सो जहाजलाई एउटा इन्जिनमा आगो लागेपछि दश मिनेटसम्म काठमाडौंको आकाशमा होल्ड गराइएको थियो । तर, सुरक्षित जान सकिने सम्भावना रहेको भन्दै पाइलटले विमान दुबईतर्फ नै उडाएका छन् । 

ad
ad