त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडिरहेको फ्लाई दुबईको जहाजमा आगलागी भएको छ ।
जहाजको लेफ्ट इन्जिनमा आगलागी भएको पाइलटले टावरलाई जानकारी गराएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।
लेफ्ट इन्जिनमा आगलागी भएपछि पाइलटले सो इन्जिन अफ गरेर एउटा मात्र इन्जिनले जहाज उडाइरहेका छन् ।
काठमाडौंबाट उडेको जहाज २० हजार फिटमाथि धार्केको आकाशमा पुगेको थियो । जहाजलाई त्रिभुवन विमानस्थलमा अवतरण गराउनका लागि पहल भइरहेको छ ।
जहाज अवतरण गर्न दक्षिण मोडेर गुराँसे डाँडा भएर त्रिभुवन विमानस्थलमा ल्याउनुपर्छ ।
रातिमा भिएफआर उडान सम्भव नभएको हुँदा आइएफआर उडानका लागि गुराँसे डाडाँतर्फ जहाजलाई लैजानुपर्ने उनको भनाइ छ ।
फ्लाई दुबईको लेफ्ट इन्जिनमा आगलागी
सुझावित समाचार
संखुवासभा गोल्डकप : न्युस्टार र प्लानिङ ब्वाइजको विजयी सुरुवात
संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका– ३, मानेभन्ज्याङमा संखुवासभा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको…
ई–जिपी प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्काका विवरण हेरफेर गर्ने तीनजना पक्राउ
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) को विद्युतीय सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्का…
रिजाल टासी जग्गा प्रकरण : पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वमन्त्री मीनेन्द्र रिजाललगायतलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । सुनसरीको इटहरीमा रहेको रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्ड्रटिज)को हदबन्दीभन्दा धेरै जग्गा मन्त्रिपरिषदबाटै निर्णय ग…
स्थानीय तहको ढिलासुस्तीले बजेट कार्यान्वयन र विकासका काम प्रभावित : मुख्यमन्त्री थापा
मकवानपुर । संघीय र प्रदेश सरकारले बजेट विनियोजन गरे पनि कार्यान्वयनमा स्थानीय तहको ढिलासुस्तीका कारण विकास निर्माणको प्रगति प्र…
दुई सातापछि मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडाैं । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। अपराह्न ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा …
नेपाल–भारत सीमा सुरक्षा थप सुदृढ बनाउने प्रतिबद्धता, रूपन्देहीमा डिआइजीस्तरीय बैठक सम्पन्न
कपिलवस्तु । नेपाल–भारत सीमा सुरक्षा, अपराध नियन्त्रण तथा सूचना आदानप्रदानलाई थप प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यले…