राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र एसियाली विकास बैंकका देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) अर्नौड कौकोइसबीच भोलि सोमबार भेटवार्ता हुने भएको छ ।
सिंहदरबारस्थित आयोगको कार्यालयमा सोमबार ११ बजे एडिबी प्रतिनिधि र आयोग उपाध्यक्षबीच शिष्टाचार भेटवार्ता हुने भएको हो ।
भेटवार्तामा आयोगका तर्फबाट उपाध्यक्ष श्रेष्ठ र सचिव केवलप्रसाद भण्डारी हुनेछन् भने एडिबीका तर्फबाट कन्ट्री डाइरेक्टर अर्नौड कौकोइस, विज्ञ जान हानसेनलगायतको टोली रहनेछ ।
शिष्टाचार भेटवार्तामा आयोग र एडिबीबीच सहकार्यका विषयमा छलफल हुनेछ ।