१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख १० आइतबार १८:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्युत् आपूर्तिमा देखिएको समस्या १५ दिनमा समाधान हुन्छ : कुलमान घिसिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख १० आइतबार १८:१६:००

विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सुक्खा यामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत् आपूर्तिमा समस्या आएको बताएका छन्।

पूर्वका उद्योगी व्यवसायीले ४ दिनदेखि विद्युत् कटौती गरेर लोडसेडिङ गरेको बताए पनि लोडसेडिङ नभएको उनको दाबी छ। आइतबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै घिसिङले विराटनगर करिडोर क्षेत्रमा विद्युत् लाइनमा प्राविधिक समस्या तथा सुक्खा यामका कारण उत्पादन घट्दा मागको अनुपातमा आपूर्तिमा कमी आएकाले विद्युत् कटौती गरेको स्वीकार गरे।

गत वर्ष धेरै अप्ठ्यारो अवस्थामा विद्युत् आपूर्ति गरेको भन्दै उनले विराटनगर औद्योगिक करिडोरमा देखिएको समस्या तत्काल समाधान हुने प्रस्ट पारे। प्रबन्ध निर्देशक घिसिङले यो ‘सर्ट टर्म’को समस्या भएको भन्दै १०/१५ दिनमा समाधान गर्ने प्रतिबद्धता जनाए।

उनका अनुसार गत वर्षको हिउँदको समयमा भन्दा यो वर्ष २५ देखि ३० प्रतिशतसम्म विद्युत् उत्पादन घटेको छ। हिउँ र पानी नपरेकाले निजी क्षेत्रको उत्पादनसमेत १५ प्रतिशतको हाराहारीमा मात्रै रहेको घिसिङले बताए।