
अव्यवस्थित खानपान तथा जीवनशैलीले मोटोपन बढाउन भूमिका खेलेको छ । मोटोपनले धेरै रोग निम्त्याउने जोखिम रहन्छ । त्यसैले नियन्त्रण गर्न सजग हुनुपर्छ । आफ्नो हाइटअनुसार तौल छ वा छैन भन्ने जानकारी लिनु जरुरी छ ।
- हिजोआज बच्चैदेखि जंकफुड खाने चलन बढेको छ । मैदाबाट बनेका खानेकुरा खाँदा, होटेलका परिकार खाँदा मोटोपन हुने गर्छ ।
- विशेषगरी, टेबल वर्क गर्नेहरूको शारीरिक कसरत निकै कम हुन्छ । उनीहरू व्यायामका लागि पनि समय निकालिरहेका हुँदैनन्, जसकारण तौल बढ्न थाल्छ ।
- हाइपोथाइराइड भन्ने हर्मोन परिवर्तन हुँदा पनि मोटोपन हुन्छ । पछिल्लो समय अधिकांशलाई हाइपोथाइराइड हर्मोनको कमी हुँदा मोटोपन भएको देखिएको छ । यस्तो हर्माेनको असन्तुलनले मोटोपन निम्त्याउँछ ।
कसरी घटाउने ?
- दैनिक खानपानमा परिवर्तन ल्याउनुपर्छ । बाहिर तयार भएका र प्याकेटका खानेकुरा (जंकफुड) कम गर्नुपर्छ । मैदाबाट बनेका खानेकुरा सकेसम्म खानुहुन्न ।
- कार्बाेहाइड्रेटको मात्रा कम भएका खानेकुरा खानुपर्छ । झोलिलो र पोषक खानेकुरा धेरै खानुपर्छ । झोलिलो पदार्थ जुस, सुपलगायत धेरै खानुपर्छ । तेलमा तारेको, भुटेको खानेकुरा खानुहुँदैन ।
- हामीले शारीरिक क्रियाकलापलाई जोड गर्नुपर्छ । मर्निङवाक गर्ने, योग अभ्यास गर्ने, जिम जाने गर्नुपर्छ । त्यस्तै, स्विमिङ, साइक्लिङ गर्ने वा फुटसल, ब्याडमिन्टन, टेबलटेनिसलगायत खेल खेल्न सकिन्छ ।
- घरको सामान्य क्रियाकलापमा सक्रिय हुनुपर्छ । यसले शरीरलाई सन्तुलनमा राख्न सहयोग गर्छ ।
- पछिल्लो समय १६ घन्टे फास्टिङ पनि मोटोपन कम गर्ने प्रभावकारी विधि बनेको छ । आठ घन्टे फास्टिङमा पनि बेलुकीको खाना लाइट गर्नुपर्छ । यसले केही हदसम्म मोटोपन कम हुन्छ ।