कर्णालीमा कांग्रेसले बुझायो मन्त्रीहरूको नाम

मंगलबार, ५ बैशाख, २०८०
डिजिटल संस्करण

कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ। कांग्रेसले तीनजना मन्त्रीको नाम मुख्यमन्त्री राजकुमार शर्मालाई मंगलबार बुझाएको हो।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सुर्खेत(क) बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेल, जाजरकोट प्रदेश सभा (ख) बाट निर्वाचित वेदराज सिंह र दैलेख–१ (क) बाट निर्वाचित सांसद कृष्णकुमार बिसीलाई मन्त्रीका लागि सिफारिस गरेका हुन्।

पोखरेल सामाजिक विकासमन्त्री, सिंह आर्थिक मामिला तथा योजनामन्त्री र बिसी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री हुनेछन्।

सुझावित समाचार